राक्सीराङको गाउँपालिकामा काँग्रेस विजयी


हेटौँडा, ५ जेठ । मकवापुर जिल्लाको राक्सीराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजकुमार मल्लले तीज हजार ५३९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले दुई हजार ९४४ मत प्राप्त गर्नुभएको छ ।

उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसका निर्मला हिमडुङले तीन हजार ५३५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी एमालेका सुन्तली माया प्रजाले दुई हजार ९५० मत प्राप्त गर्नु भएको छ । यसैगरी मनहरी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका एकराज उप्रेतीले चार हजार ६४९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४० मत प्राप्त गर्नुभएको छ । उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका मनिला विष्टले चार हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमला कार्कीले चार हजार १४७ मत प्राप्त गर्नुभएको छ । मकवानपुर जिल्लामा आठ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य र थाहा नगरपालिकाको प्रमुख उपप्रमुख, वडा अध्यक्ष, सदस्यको मतगणनाको परिणाम घोषणा भइसकेको मकवानपुरका जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

हेटौँडा उपमहानगरपालिकाको मतगणना कार्य अहिले पनि जारी रहेको र दुई÷तीन दिनभित्रै निर्वाचन परिणाम घोषणा हुनसक्ने सम्भावना रहेको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताउनुभयो ।

पछिल्लो मतपरिणाम अनुसार जिल्लामा एमालेले गाउँपालिका अध्यक्ष÷प्रमुखमा पाँच र उपाध्यक्ष÷उपप्रमुखमा सात स्थान हासिल गरेको छ ।

यस्तै नेपाली काँग्रेसले अध्यक्ष प्रमुख पदमा दुई, उपाध्यक्ष÷उपप्रमुखमा दुई स्थान प्राप्त गरेको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्रले)ले थाहा नगरपालिकाको प्रमुखमा एक र बागमती गाउँपालिकाको अध्यक्षमा एक गरी दुई स्थान हासिल गरेको छ । मकवानपुर जिल्लामा आठ गाउँपालिका र थाहा नगरपालिकाको मतगणना सम्पत्र भइसकेको छ । रासस