नागार्जुनको थप चारवटा वडाको मत परिणाम सार्वजनिक


काठमाडौँ, ५ जेठ । नागार्जुन नगरपालिकाको थप चारवटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएका चारवटै वडामा नेपाली काँग्रेसका वडाध्यक्ष विजयी हुनुभएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ६ मा राजेन्द्र बुढाथोकीले एक हजार ११५ मत, वडा नं ७ मा रमेश गौतमले एक हजार १० मत, वडा नं ८ मा शुक्रबहादुर तामाङले ७४९ र वडा नं ९ मा रामकृष्ण भट्टराईले ६७८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत लामिछानेले अब वडा नं १० को मतगणना मात्र बाँकी रहेको जानकारी दिनुभयो ।

यसैगरी प्रमुखमा काँग्रेसका मोहनबहादुर बस्नेतले अग्रता लिनुभएको छ । बस्नेतले छ हजार ३६३, एमालेका कृष्णहरि खत्रीले पाँच हजार ८९५ र राप्रपाका उद्धव थापाले दुई हजार ४६८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा काँग्रेसका कल्याणी खड्काले पाँच हजार ९८८, एमालेका सुशीला अधिकारीले छ हजार २७५ र राप्रपाकी मीरा कुँवरले दुई हजार २७४ मत प्राप्त गर्नुभएको छ ।

नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो । रासस