कावासोती मेयरमा एमालेकी चन्द्रा पुन विजयी


नेपाल समाचारपत्र, नवलपरासी ।
नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदबार चन्द्रा कुमारी पुन विजयी हुनु भएको छ ।

पुनले नेपाली काग्रेस मेयर पदका उम्मेदबार महेन्द्र पोख्रेललाई ४ सय ४७ मतको अन्तरले विजय हासिल गर्नु भएको हो ।

विहिबार राती अवेर सम्पन्न मतगणनाबाट पुनले १३ हजार ४१ मत ल्याउनु भएको थियो भने पोख्रेलले १२ हजार ५ सय ९४ मत प्राप्त गर्नु भएको थियो ।

त्यसै गरी उप मेयर पदमा नेकपा एमालेका प्रेम शंकर मर्दनिया भारी मतान्तरले विजयी हुनु भएको छ । मर्दनियाले १३ हजार ७ सय ५६ मत प्राप्त गर्नु भएको थियो भने उहाका निकटतम नेपाली काग्रेसकी उम्मेदबार खगीसरा गुरुंगले ११ हजार ६ सय ९३ मत ल्याउनु भएको थियो ।

यस अघिनै देवचुली नगरपालिकाबाट काग्रेसका उम्मेदबार पूर्ण कुमार श्रेष्ठले मेयर तथा नेकपा एमालेकी पार्वती तिवारीले उपमेयरमा विजय हासिल गर्नु भएको थियो ।

गैडाकोट नगरपालिकाबाट नेकपा एमालेका तर्फबाट छत्रराज पौडेलले मेयर तथा नेपाली कागे्रसकी उम्मेदबार विष्णु कंडेल सापकोटा उपमेयरमा निर्वाचित हु भएको थियो ।

अर्को मध्यविन्दु नगरपालिकामा मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका चन्द्रबहादुर राना र ओमकुमारी महतोले विजय हात पार्नु भएको थियो ।
हुप्सेकोट गाउपालिकाबाट अध्यक्षपदमा नेपाली काग्रेसकी लक्ष्मी पाण्डे र उपाध्यक्षमा नेकपा एमालेकी पार्वती मल्ल विजयी हुनु भएको थियो ।
अन्य तिन गाउपालिका विनयी त्रिवेणी,बुंग्दिकाली र बुलिंगटारका अध्यक्ष उपाध्यक्षहरु नेपाली काग्रेसबाट विजयी हुनु भएको हो ।

कावासोतीमाएमालेको विजय रयाली
कावासोतीमा शुक्रबार अपरान्ह नेकपा एमालेले विजय रयाली निकालेको छ । स्थानीय फलफूल चोकबाट स्थनीय तहमा विजयी जनप्रतिनिधिहरु सहित निस्किएको बिजय रयाली कावासोती नगर परिकक्रमा गर्दै डण्डा वजार सम्म पुगेको थियो ।

रयालीमा नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य तिलक महत, सांसदहरु जीवन कुमार श्रेष्ठ,कृष्ण पौडेल, पूर्व सांसद एवं जिल्ला अध्यक्ष रोशन गाहा सहित जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ता र एमाले समर्थक जनसमूहको ब्यापक उपस्थिति रहेको थियो ।