सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी


चौतारा, ५ जेठ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा नेकाका लक्ष्मी पौडेलले चार हजार २०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवी अधिकारीले तीन हजार ७८६ मत प्राप्त गर्नुभएको छ । विजयी उपप्रमुख पौडेल पत्रकार हुन् ।

सो गाउँपालिका वडा नं १, २, ४ र ६ मा नेकाका उम्मेदवार क्रमशः नेत्रबहादुर कार्की, विष्णु महत, देवेन्द्र खड्का र रामकुमार थापा प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ३, ५ र ७ मा नेकपा (एमाले)का क्रमशः रामहरि खड्का, कृष्णबहादुर खड्का र ईश्वर तिमिल्सिना प्यानलसहित विजयी हुनुभएको छ । रासस