अमेरिकामा कवि दिवसको एकल कविता वाचन हुने


काठमाडौँ, ५ जेठ । वरिष्ठ कवि तुलसी दिवसले यही जेठको दोस्रो साता संयुक्त राज्य अमेरिकामा सम्मान ग्रहणका साथै एकल कविता वाचन गर्नुहुने भएको छ ।

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि सूत्रधार बन्दै आउनुभएका कवि दिवसले यही जेठ १३ गते अमेरिकाको वासिङटन डिसी महानगरमा अभिनन्दन ग्रहण गर्नुहुनेछ । अभिनन्दन कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको पनि सहमागिता रहनेछ ।

विश्वका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गर्नुभएका दिवसले दर्जनौँ मुलुकमा साहित्यकारकै हैसियतमा भ्रमण गरी आफ्नो प्रस्तुति दिइसक्नुभएको छ ।

कवि दिवसले आफूलाई अभिनन्दन गरिने जानकारी पाउँदा खुसी लागेको भन्दै त्यहाँ हुने कार्यक्रममा नेपाली समुदायको उपस्थितिका लागि आग्रहसमेत गर्नुभएको छ । रासस