माडीमा माओवादी केन्द्रका ढकाल निर्वाचित


चितवन, ५ जेठ । माडी नगरपालिकाको प्रमुख पदमा ठाकुरप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले तीन हजार ८७३ मत ल्याएर विजयी हुनुभएको हो ।

नेपाली काँंग्रेसका खेमप्रसाद महतोले तीन हजार ८२९ मत ल्याउनु भएको थियो । ४४ मतको अन्तरले ढकाल विजयी भएको निर्वाचन अधिकृत इन्द्रकुमारी थपलियाले जानकारी दिनुभयो ।

उपप्रमुखमा नेकपा (एमाले)का ताराकुमारी काजीमहतो विजयी हुनुभएको छ । उहाँले चार हजार ६९० मत ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धीमा माओवादी केन्द्रकी सरिता महतोले तीन हजार ८०४ मत प्राप्त गर्नुभएको थियो ।

नौवटा वडा रहेको माडीमा एमालेले वडाध्यक्षमा ३, ६, ७, ८ र ९ नं वडामा जितेको छ । माओवादी केन्द्रले २ र ४ नं वडामा वडाध्यक्ष जितेको छ । काँग्रेसले १ नं वडामा वडाध्यक्ष जितेको छ । २१ हजार ६७२ मतदाता रहेको यो नगरपालिकामा १६ हजार ३७१ मत खसेको थियो । रासस