जिपको ठक्कर बाट गम्भिर घाईते बालक नेपालगंज रिफर


विमल विष्ट, डोटी ।
डोटीको शिखर नगरपालीका ८ तिलतालीमा जिपले ठक्कर दिदा एक बालक गम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार अछामबाट बिरामी बोकेर नेपालगंज जादै गरेको से १ ज ९१४ नम्बरको जिपले ठक्कर दिदा स्थानीय चेत बहादुर बोहराका ३ बर्षिय छोरा शुसिल बोहरा गम्भिर घाईते भएका हुन् ।

घाईतको दिपायल स्थित सुजंग अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाईएको सो अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले बताउनु भयो । घाईते बालकको टाउकोमा गम्भिर चोट लागेको बताईएको छ ।