नेपाल समाचारपत्र, नवलपरासी ।
नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदबार चन्द्र कुमारी पुन विजयी हुनु भएको छ ।
पुनले नेपाली काग्रेस मेयर पदका उम्मेदबार महेन्द्र पोख्रेललाई ४ सय ४७ मतको अन्तरले विजय हासिल गर्नु भएको हो ।
मतगणनामा पुनले १३ हजार ४१ मत ल्याउनु भएको थियो भने पोख्रेलले १२ हजार ५ सय ९४ मत प्राप्त गर्नु भएको थियो ।
त्यसै गरी उप मेयर पदमा नेकपा एमालेका प्रेम शंकर मर्दनीया भारी मतान्तरले विजयी हुनु भएको छ । मर्दनियाले १३ हजार ७ सय ५६ मत प्राप्त गर्नु भएको थियो भने उहाका निकटतम नेपाली काग्रेसकी उम्मेदबार खगीसरा गुरुंगले ११ हजार ६ सय ९३ मत ल्याउनु भएको थियो ।
विजयी उपमेयर मर्दनिया नवलपरासीमा संचालित थारु होमस्टेका अध्यक्ष समेत हुनुहुन्छ ।
कावासोती नगरपालिकाको १७ वडा मध्य ८ वडामा नेपाली कंग्रेस,८वडामा नेकपा एमाले र १ वडामा माओबादी केन्द्र विजयी भएको छ ।
विजयी उम्मेदबार हरुमा वडा नं १ नारायण प्रसाद पन्त नेका, २मा लक्ष्मी पौडेल एमाले, ३मा अमृत श्रेष्ठ नेका, ४मा रमाकान्त चापागाई एमाले, ५मा हरि बास्तोला एमाले, ६मा हेमु प्रसाद पाण्डे नेका ७मा नन्द कुमार गुरौ नेका ८मा आनन्द गुरुंग नेका रहनु भएको छ ।
यसरी नै वडा नं. ९मा नेत्र प्रसाद खतिवडा एमाले,१०मा एकनारायण महतो एमाले, ११मा शारदा प्रसाद अधिकारी नेका, १२मा हिम प्रसाद काफ्ले एमाले, १३मा विनोद राना नेका, १४मा जित बहादुर महतो नेका, १५मा देवेन्द्र महतो एमाले, १६मा एकादत्त वस्ती माओबादी केन्द्र र वडा नंंं. १७मा छविलाल महतो नेकपा एमाले रहनु भएको छ ।
कावासोती नगरपालिकासंगै जिल्लाको ८ स्थानीय निकायको मतगणना सकिएको छ ।
सम्पन्न निर्वाचन परिणाम अनुसार २ कावासोती र गैडाकोट नगरपालिकामा नेकपा एमालेले प्रमुख पद जितेको छ भने अन्य २ नगरपालिका सहित ४ गाउ पालिका प्रमुख पदमा नेपाली काग्रेस विजयी भएको छ ।











प्रतिक्रिया