कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्र विजयी


सरिता चलाउने, सल्यान ।

स्थानीय तहको निर्वाचनमा कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दिलमाया विएमले ३ हजार ६ सय ७३ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भैरव शाह २ हजार १ सय २९ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डिल्लीरज जैशी विजयी हुनु भएको छ । उहाँले ३ हजार ८ सय १८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका शान्ति चन्द २ हजार १ सय ४५ मत प्राप्त भएको छ ।
७ वडा रहेको कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्रले ५ वडामा जित सुनिश्चित गरेको छ भने एमाले काँग्रेसले एक एक वडा जित्न सफल भएका छन् ।
वडा न १ मा काँग्रेसका गोपाल बुढाथोकी (सदस्य बाहेक अध्यक्षमात्र )वडान २ मा एमालेका शेर बहादुर बुढाथोकी , वडान ३ माओवादी केन्द्रका चित्र बहादुर बुढाथोकी, वडा न ४ मा माओवादीका तिलविर बुढाथोकी, वडान ५ मा हरिप्रकाश बुढाथोकी, वडा न ६ माओवादी केन्द्रका विरबल शर्मा र वडा न ७ मा माओवादी केन्द्रकै तुलाराम बोहरा निर्वाचित हुुनु भएको छ ।

सल्यानमा एक मात्र महिला विजयी
यस्तै १० गाउँपालिका रहेको सल्यानमा एक स्थानमा मात्र महिला उम्मेदवार विजयी भएका छन् । कुमाख गाउँपालिकामा मात्र महिला उम्म्मेदवारले जितेका हुन । माओवादी केन्द्रबाट उम्मेदवार बन्नु भएकी दिलमाया वि एमले पुरुषसँग भिडेर सहजै जित हासिल गर्नु भएको छ । उहाँले ३ हजार ६ सय ७३ मतले जित्नु भएको छ । विएम शहिद परिवार समेत हुनु हुन्छ । शसस्त्र जनयुद्धको समयमा उहाँको श्रीमानको शाहदत भएको थियो ।

यो सगै सल्यानको ८३ वटा वडाको मतपरिणम मध्य ७५ वटा वडाको नतिजा सार्बजनिक भएको छ । जसमध्य माओबादीले ३२ एमाले २६ र काग्रेंसले १७ वडामा जित हासिल गरेको छ ।