वालिङ नगरपालिकामा काँग्रेस विजयी


वालिङ, ४ जेठ । वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

दस हजार छ सय मतसहित काँग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पुण्यप्रसाद अर्यालले आठ हजार सात सय ४९ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी कल्पना तिवारी नौ हजार ८९५ मत ल्याएर विजय हुनुभएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी खगीसरा थापाले नौ हजार ३५७ मत प्राप्त गर्नुभएको थियो ।

कुल १४ वटा वडा रहेको वालिङ नगरपालिकामा काँग्रेसले प्रमुख र उपप्रमुखसहित सात वटा वडामा विजयी भएको छ भने एमाले पनि सात वडामा विजयी भएको छ । रासस