फलेवास (पर्वत), ४ जेठ । कुश्मा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ ।
जोशीका पक्षमा आठ हजार ५७ मत प्राप्त भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का मेघनाथ सुवेदीका पक्षमा सात हजार २३९ मत गएको छ ।
त्यस्तै उपप्रमुखमा काँग्रेसकै सीता काफ्ले लामिछाने विजयी हुनुभएको छ । लामिछानेले आठ हजार ४१९ मत ल्याउँदा एमाले उम्मेदवार मुवाकुमारी शर्माले सात हजार २१ मत प्राप्त गर्नुभएको छ । रासस
प्रतिक्रिया