घुस लिएको अभियोगमा दुई उपसचिवसहित चार पक्राउ


काठमाडौँ, ४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका उपसचिवद्वय वासुदेव तिमिल्सिना र रामहरि रिजालसहित चार जनालाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार जनज्योति मावि लालबन्दी सर्लाहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने र सोही विद्यालयका प्रअ विष्णुबहादुर पोखरेल समेतले विद्यालयमा कोटा दरबन्दीमा शिक्षक नियुक्त गर्दा रु चार लाख घुस लिँदालिँदै पक्राउ गरिएको हो ।

उनीहरुलाई लालबन्दी नगरपालिका–७ स्थित नमस्ते होटलबाट पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ । रासस