सेनाद्वारा बम निस्क्रिय


नवलपरासी, ३ जेठ । सदरमुकाम परासीमा आज फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ ।

परासीस्थित निर्माण व्यवसायी सङ्घको ढोका नजिक फेला पारिएको प्रेसर कुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमाण्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो । बम कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस