गायक शर्माको ‘छोडदेउ जागिर’ बजारमा

0
Shares

अनिल खत्री , गुल्मी । लोक दोहोरी क्षेत्रका चर्चित गायक चन्द्र शर्मा र गायिक शकुन्तला थापाको नयाँ लोक गित सार्बजनिक भएको छ । श्रीमान श्रीमती दुबै जागिरमा हुँदाको बास्ताबिक पिडा प्रति सर्मपित ‘छोडदेउ जागिर’ लोक दोहोरी गित सार्बजनिक गरेका हुन् ।

श्रीमान श्रीमती दुबै जागिरमा हुँदा भेट हुन नपाएको कथा बस्तुमा गित तयार भएको गाउक चन्द्र शर्माले बताए । जब दुबै जागिरका हुन्छन् अनि भेट हुने समय पनि नमिल्दा जागिर नै छोडौ की भन्ने कथा बस्तु गितमा समाबेृश गरिएको छ ।

जागिरमा रहदा घर परिवार देखि टाढा हुँदाको पिडा गितमा राखिएको छ । लामो समय सम्म जागिरमा हुँदा छोरा छोरीले बाउ आमा चिन्न नसकेका कथा पनि गितमा समाबेश गरिएका छन् । लोक दोहोरी प्रतिष्ठान नेपालका निर्वतमान अध्यक्ष समेत रहेका शर्माका केहि वर्ष यता धेरै गितहरु बजारमा आउन थालेका छन् ।

कमै गितहरु गाएर चर्चामा रहेका गायक शर्मा पछिल्ला वर्षहरुमा सक्रिए भएका छन् । संगित क्षेत्र संकटमा परिरहेका बेला यसको संरक्षण र जोगाइ राख्न भन्दै उनले पुराना गितहरुलाई पनि पुन आवाज दिएर बजारमा ल्याएर नयाँ पिडिलाई सुनाउने प्रयास समेत गरेका छन् ।

धेरै पुराना गितहरु अहिलेका पिडिले देख्न अनि सुन्न नपाएकाहरुलाई उनले केहि महिना पहिले एउटा गितलाई आवाज दिएर दर्सक श्रोता माझ ल्याउने प्रयास गरेका थिए । शर्मा र थापाको हालै आएको छोडदेउ जागिर’ लोक दोहोरी गितमा दुबैको सुमधुर स्वर रहेको छ । गितमा रमेश बिजीको शब्द सुवास केसी र हरिशचन्द्र पौडेलको लय रहेको छ । गितमा सारिका केसी र धुव्र पोखरेलको अभिनय रहेको छ ।