रोनाल्डो भाडामा

0
Shares

बर्लिन, (एजेन्सी)
पोर्चुगिज स्टार फुटबलर रोनाल्डोबारे एउटा अचम्मित पार्ने समाचार आएको छ। क्रिस्टियानो रोनाल्डो घण्टाको हिसाबले भाडामा पनि उपलब्ध हुने गरेका छन्। जर्मन मेगजिन ‘फुटबल लिक्स’ को द डर्टी बिजनेस अफ फुटबलका अनुसार रोनाल्डो स्पोन्सरसिपका साथसाथै भाडामा पनि उपलब्ध हुने गरेको लेखेका छन्। रोनाल्डोको कम्पनीले उनलाई भाडामा दिने गरेको जनाएका छन्।

साउदी अरबको एक कम्पनीले उनलाई साढे चार घण्टा भाडामा लिएको बताएको हो। त्यसबापत स्पेनिस क्लब रियल मेड्रिडका कीर्तिमानी गोलकर्ता रोनाल्डोलाई ९ लाख २० हजार पाउन्ड तिरेको बताइएको छ। रोनाल्डोको इमेज राइट कम्पनी, मल्टी स्पोर्ट्स र इमेज म्यानेजमेन्ट कम्पनीमार्फत् उनलाई भाडामा लिएबापत उक्त मूल्य तिरेको हो।

उक्त मूल्यमा रोनाल्डोले फोटोसुट गर्नुका साथै पाँच वटा टिसर्टमा आफ्नो दस्तखत गरेका छन्। योबाहेक कम्पनीले एक दिनका लागि रिजनल विज्ञापनमा उनको साथ पाएको लेखेका छन्। यो क्रियाकलाप रोनाल्डोको अतिरिक्त आम्दानीको स्रोतसमेत हो।