दीपिकाको गर्धनमा रणवीरको निसानी

0
Shares

बलिउड नायिका दीपिका पादुकोण आफ्नो अभिनयको साथसाथै आफ्नो ट्याटुको कारण पनि बेला–बेलामा चर्चामा रहने गर्छिन्। पछिल्लो दिन उनी एक विज्ञापनमा देखिएकी थिइन्। विज्ञापनमा उनले आफ्नो पूर्वप्रेमी रणवीर कपुरलाई भुलेर उनको नामको ट्याटु हटाएको देखिएको थियो।

दीपिका केही समयअघि बंगलादेशको एक साबुनको विज्ञापनमा देखिएकी थिइन्। विज्ञापनमा उनी ज्यादै चम्किलो देखिएकी थिइन्। साथै उनको गर्धनमा गाढा भएर बसेको रणवीरको झल्को दिने ट्याटु थिएन। त्यसैले उनले अब रणवीरसहित उनको प्रेमलाई पनि भुलिसकिन् भनेर जो–कोहीले सोचेका थिए। विज्ञापनले भन्दा पनि बढी त उनको ट्याटुले चर्चा पाएको थियो। तर, उनले रणवीरलाई भुल्न सकेकी छैनन् भन्ने प्रमाण भने पछिल्लोपटक प्रस्ट देखिएको छ।

विज्ञापनपछि पछिल्लोपटक न्युयोर्कमा भएको एक समारोहको रेड कार्पेटमा देखिएकी थिइन्। तर, रणवीरप्रति उनको प्रेमको निसानी उनको ट्याटु भने उनको गर्धनमा जस्ताकोतस्तै थियो। त्यसपछि यो कुरा छर्लंग भयो कि उक्त विज्ञापनमा सम्पादन गरेर उनको ट्याटु हटाइएको थियो।

ड्रिम कपलको रूपमा चर्चामा रहेका दीपिका पादुकोण र रणवीर कपुर एक–अर्कासँग डेटमा रहेका कारण निकै चर्चामा रहेका थिए। यहीबीच दीपिकाले रणवीरको नाम आफ्नो गर्धनमा लेखेकी थिइन्। केही समयपछि उनीहरुको ब्रेकअप भयो तर उनले आफ्नो गर्धनको ट्याटु भने हटाएकी छैनन्।