बोकेदाह्रीको टुप्पीमा सारिका

0
Shares

गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले टुप्पीको विषयमा लेखेको गीतमा निर्देशक घनश्याम तिमिल्सिना ‘एन्टिना’ र नायिका सरिका घिमिरे देखिएका छन्।

हास्य गीतको क्षेत्रमा एकक्षत्र राज गरिरहेका बोकेदाह्रीले घनश्याम तिमिल्सिना ‘एन्टिना’ कै लागि लेखेको गीतको राजधानीमा छायांकन गरिएको हो। गीतको भिडियोमा सारिका र घनश्यामले अन स्क्रिन रोमान्स गरेका छन्।

संगीतकार नेत्र काफ्लेको संगीत र एरेन्ज रहेको गीतमा सुदीप समर्पण राईको स्वर रहेको छ भने यसलाई महेन्द्र थापाले छायांकन गरेका हुन्। गीत छिट्टै नै युट्युबमार्फत् सार्वजनिक गरिने घनश्यामले बताए।

फिल्ममा अभिनय गर्दै आएकी नायिका सारिका घिमिरे हिजोआज म्युजिक भिडियोमा छाइरहेकी छिन्। हरेक हप्ता जस्तो उनले अभिनय गरेका कुनै न कुनै म्युजिक भिडियो सार्वजनिक भइरहेका छन्। साहित्यकार झमक घिमिरेको कृतिमा आधारित फिल्म जीवन काँडाकी फूल उनको दर्शकमाझ आउने तयारीमा रहेको फिल्म हो।