विनोदलाई करिश्माको खुलापत्र हाम्रा लागि गरेका कुरा तिम्रो कृपा मान्नुपर्ने?

0
Shares

अभिनेत्री, निर्मात्री तथा नयाँ शक्ति नेपालकी सदस्य करिश्मा मानन्धरले मत खसाल्न नपाएपछि त्यसको दोष आफ्ना अभिनेता तथा निर्माता पती विनोद मानन्धरलाई दिँदै खुलापत्र लेखेकी छिन्।
‘सायद यो लेख्न हुँदैन थियो। तर हद भयो सहने। हरेक कुरा त परिवार आफन्त र छोरीका लागि सहेँ।

यसै पनि बिनोदजी को असाध्यै राम्रो मान्छे भन्ने इमेज छ। तर आज मेरो मलिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन’ स्थानीय तहको निर्वाचनका दिन आइतबार फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले भनेकी छिन् ‘बिनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरूको आफ्नो अधिकार र चाहना हुन्छन्। तिम्रो एकल निर्णयले हुँदैन। सबै कुरामा तिमी नै मालिक बन। तर केही कुरा सहन सकिँदैन’

करिश्माले अगाडि लेखेकी छिन् ‘तिमीले हाम्रा लागि गरेका कुरा हामीप्रतिको तिम्रो कृपा मान्नुपर्ने? म काठमाडौंको नागरिकता भएको मान्छे उहाँ (विनोद) सँग बिबाह गरेपछि सप्तरी राजबिराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो। म चुपो लागेँ। सायद श्रीमान्कोमा राख्नुपर्छ होला भनेर यत्रो वर्ष भयो उहाँले मेरो भोटिङ कार्ड बनाइदिनुभएन। हामी लाजिम्पाट बस्छौँ।

‘अरु सब कुरामा ऊ मेरो मलिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन। सरी टु से दिस विनोद, यु ह्याभ टु एसेप्ट मि याज योर इम्पोर्टेन्ट प्mयामिली मेम्बर। यु आर टेकिङ मि टु लाइट’

आफ्नो र छोरीको बसाइसराइ गरेर उहाँले भोटिङ कार्ड लिनुभएछ। तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी सम्झिनुभएन। मैले उहाँलाई सोधँे तर वस्ता गर्नुभएन’ उनले अगाडि उल्लेख गरेकी छिन्– ‘म आफैं गएर ३ घन्टा लाइन बसेर रजिस्टर गरे“। बसाइसराइको कागज पनि थिएन। त्यसैले सप्तरीको लिस्टमा पुगेछ। न म राजबिराजको हो, न म त्यहा“ कहिले बसेको छु। कसरी गएर भोट दिने?

अरु सब कुरामा ऊ मेरो मलिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन’ विनोदलाई करिश्माले फेसबुकमा भनेकी छिन्– ‘सरी टु से दिस विनोद, यु ह्याभ टु एसेप्ट मि याज योर इम्पोर्टेन्ट फ्यामिली मेम्बर। यु आर टेकिङ मि टु लाइट।’