विश्व फैलाउन सक्ने साइबर आक्रमण रोक्न सफल अमेरिकी सुरक्षा एजेन्सीको संलग्नता


लन्डन, (एजेन्सी)
गत हप्ता शुक्रबार विश्वका ९९ देशमा सनसनी फैलाएको साइबर हमलालाई बेलायतका एक सुरक्षा सोधकर्ताले रोकेको जनाएको छ। ती सोधकर्ताले आफूले संयोगवस उक्त म्यालिसस रेनसमवेयर नामक भाइरस फैलिनबाट रोक्न सफल भएको बताए।

म्यलवेयरटेक उपनाम पाएका २२ वर्षीय बेलायतीले संयोगबस मात्र उक्त भाइरस फैलिनबाट रोकन आफू सफल भएको बताएका थिए। यद्यपि उक्त रेनसमवेयरका कारण भएको क्षतिको भरपाइ हुन सकेको छैन।

उक्त हमलाले गर्दा विश्वका कयौं संस्थानमा काम पूरै ठप्प भएको थियो। युरोप र बाँकी विश्वका ८८ देशका संगठनहरूमा उक्त साइबर हमलाको नराम्रो प्रभाव परेको थियो।

बेलायतको नेसनल हेल्थ सिर्भिस यसबाट नराम्रोसँग प्रभावित भएको थियो भने बिरामीहरू अनलाई रिकर्डको पहँुचबाट बाहिरिएका थिए। उक्त हमला लगत्तै हजारौं ठाउँका कम्प्युटसलाई लक गरेको थियो र भुक्तानी सन्जाल बिटक्वाइनमार्फत २ सय ३० पाउन्ड फिरौती मागिएको थियो।

बेलायत, अमेरिका, चीन, रुस, स्पेन, इटाली, भियतनाम र अन्य थप्रै देशहरूबाट रेनसमवेयर साइबर हमलाको समाचार आएका थिए। प्रभावित थुप्रै संगठनहरूले कम्प्युटर्स लक भएको फिरौती मागिएको स्क्रिनसट साझा गरेका थिए।
अमेरिकी सुरक्षा एजेन्सी संलग्न
विश्वभरिका कम्प्युटरमाथि हमला गरी फिरौती माग्ने रेनसमवेयर अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी अर्थात एनएसएसँग जोडिएको पाइएको छ।

यो नयाँ जानकारीले अमेरिका सरकारको यस प्रकारका खराब भाइरस लुकाइराख्ने नीतिमाथि प्रश्न उठाएको छ। यस वर्ष अप्रिलमा ह्याकिङ समूह सेडो ब्रोकर्सले यस प्रकारको भाइरसको एउटा ठूलो हिस्सा चुहावट गरेका थिए। शुक्रबार भएको साइबर हमलामा प्रयोग भएको फिरौती भाइरसको केही अंश उक्त चुहावट भएकोसंग मिल्दोजुल्दो पाइएको छ।

प्रविधि वेवसाइट एआरएस टेक्निकाका अनुसार ह्याकर्स समूह सेडो ब्राकर्सले विगत ८ महिनादेखि एनएसएका साइबर हतियारका बारेमा जानकारी चुहावट गर्दै आइहेका थिए। अप्रिलमा पोष्ट गरिएको जानकारीमा माइक्रोसफ्ट विन्डोज कम्प्युटर र विश्वका कयौं बैंकमा प्रयोग हुने स्विफ्ट बैंकिग सिस्टमलाई निसाना बनाउन सक्ने भाइरसको जानकारी दिएका थिए।

साइबर सुरक्षा कम्पनी क्यास्परस्कीका अनुसार शुक्रबारको हमलामा अप्रिलमा लिक भएको भाइरसको अंशमध्यको एउटा टुल ‘इटर्नल ब्लु (कोड नेम)को महत्वपूर्ण भूमिका थियो।

उक्त टुल एनएसएद्वारा स्विकृत गरिएको बताइएको छ। यद्यपि एनएसएले यसको कुनै पुष्टि गरेको छैन न त आरोपको खन्डन नै गरेको छ। यसै वर्ष मार्च १४ मा माइक्रोसफ्टले एक सुरक्षा बुलेटिन जारी गर्दै इटर्नल ब्लुबाट सुरक्षित हुने र त्यसको प्रभावबाट मुक्त हुने विषयमा जानकारी दिएपछि मात्रै विश्वले त्यस विषयमा थाहा पाएको थियो।

शुक्रबार भएको साइबर हमलाबाट थुप्रै देशमा असर गरेको देखिए पनि सबैभन्दा धेरै रुस प्रभावित भएको अनुमान गरिएको छ। यद्यपि रुसले आफ्नो बैंकिङ सिस्टममा हुने यस प्रकारको हमलाबाट आफूलाई बचाएको बताएको छ।
हार्वर्ड केनेडी स्कुलका सुरक्षा विशेषज्ञका अनुसार प्रभावित हुने प्राय विन्डोज अपरेटिङ सिस्टम प्रयोग भएको र अपडेट नगरिएका कम्प्युटर हुन्। त्यसैले प्रभावित भएका ७५ हजार कम्प्युटरमा धेरैजसो रुसी भएको उनले बताए।