तिलताली गाउँमा बाढी पस्यो, स्थानिय पालमुनीे


विमल विष्ट, डोटी ।
डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरपरिवार पाल मुनि बस्न बाध्य भएका छन् । बैसाख २७ गते बुधबार वस्ती माथिबाट बगेको खहरे खोलाले ढुंगामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार परिवर्तन गरी गाउँमा पसेपछि सो क्षति भएको थियो ।

बाढीले बगायर ल्याएको माटो तथा ढुंगा मुडा अहिले सम्म पनि हटाउन नसकिदा बिस्थापित भएकाहरुको पलमुनी बास भएको स्थानिय सेरबहादुर मल्लले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘बाढीले ठुल्ठुला ढुंगा तथा रुख र माटो बगायर ल्याएको छ,सबै हटाउन महिनौ लाग्ने देखिन्छ बिस्थापित भएकाहरुलाई सारै समस्या भएको छ । ’ बाढीका कारण बिस्थापित भएका स्थानियबासीहरुलाई राती सुत्न,खान तथा सौचालय गर्नका लागि निकै समस्या उत्पन्न भएको अर्का स्थानिय धौलीदेवी रावलले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘गर्मिको सिजन छ,राती सर्पको डर छ,सौचालय समेत बाढीले पुरेकाले सौच गर्न कहाँजाने भन्ने प्रबल समस्या छ ।’ बाढीले मानवीय क्षेति नगरे पनि १९ घरपरिवार विस्थापित भएका छन् । घरभित्र पसेको बाढीले घरभित्र रहेका लत्ताकपडा, अन्न बगाएको र केही चौपाया र एउटा पोल्ट्री फार्म पनि बगाएको थियो ।
बाढीले स्थानीयवासीको खेतीयोग्य जमिनमा पनि ठूलो क्षेति पु¥याएको थियो । गत वर्ष पनि जेठ २२ र २६ गते आएको बाढीले त्यस क्षेत्रमा रहेको दलित बस्तीमा क्षेति पु¥याएको थियो ।

गतबर्षको बाढीपछि आफूहरूले सम्बन्धित निकाय सबैलाई जानकारी गराउँदा पनि आरडीएससीको अनुकूलन परियोजनाबाहेक अन्य ठाउँबाट कुनै किसिमको सहयोग प्राप्त नभएको स्थानीय बाढीपीडित संघर्ष समितिका अध्यक्ष भक्तबहादुर बलायरले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘जोखिम न्यूनीकरण तथा हाम्रो समस्या समाधान गर्नकका लागि कसैले चासो देखाएन ।’
डोटीको तिलतालीमा पसेको बाढीले बिस्थापित भएका स्थानियबासी । तस्विर ः विमल विष्ट÷डोटी