किरियापुत्रीद्वारा कोटेश्वरमा मतदान


काठमाडौँ, ३१ वैशाख । आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ ।
उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उहाँ बुबाको किरियामा हुनुुहुन्छ । किरीयापुत्रीसँगै उनकी श्रीमती शान्ता र छोरा इन्जिनियर असिमसिंहले पनि मतदान गर्नुभयो । मतदानका लागि अर्जनु आफ्नो घरबाट ५ मिनेटको दूरीमा रहेको मतदान केन्द्रसँग हिँडेर जानुभएको पत्रकार बलराम प्यासीले जानकारी दिनुभयो ।

आफू किरियामा बसे तापनि बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले आफूले र आफ््नो परिवारले आफ्ना अमूल्य मतको प्रयोग गर्ने मौकाको सदुपयोग गरेको बताउनुभयो ।
त्रिदेवीनगरमा तिम्ल्याहा
कामपा–३२ त्रिदेवीनगर, कोटेश्वरका तिम्ल्याहा दिदीबहिनीले स्थानीय तहको निर्वाचनमा सूर्यकोट मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ । यसअघि संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा उहाँहरुले भाग लिइसक्नुभएको छ । कोटेश्वरमा २२ वर्षअघि जन्मनुभएका श्रद्धा, कुसुम र अञ्जलिसिंह वनका नाउँमा कोटेश्वरचोकबाट ललितपुरतर्फ जाने चक्रपथको पूर्वीतर्फको ठूलो बस्तीलाई कामपाले विसं २०५२ जेठ १४ गते ‘त्रिदेवीनगर’ नामकरण गरेको बताइएको छ । रासस