कर्मचारी उत्प्रेरित गर्न अभिमुखीकरण


रोल्पा, ३१ वैशाख । स्थानीय तहमा निर्वाचित भएर आउने जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीबीच सकारात्मक सोचको विकास गर्दै सम्भावित द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यलेस्थानीय तहका कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

पुनःसंरचित स्थानीय तहका कर्मचारीलाई समयानुकूल दक्ष बनाउन, स्थानीय तहको शासन सञ्चालनमा सरोकार भएकाहरुबीच प्रभावकारी समन्वय गर्न तथा निर्वाचित जनप्रतिनिधिलाई सबल सङ्गठन र कर्मचारी हस्तान्तरण गर्न अभिमुखीकरणको आयोजना गरिएको रोल्पा नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापा मगरले जानकारी दिनुभयो ।

आजसम्म सञ्चालन हुने सो अभिमुखीकरण पूर्व सहसचिव एवम इमेजिन नेपालका अध्यक्ष रमेश अधिकारी र प्रजिअ डा डिजन भट्टराईले दिनुभएको छ । अभिमुखीकरणमा कर्मचारी उत्प्रेरणा र सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताका विषयमा सहजीकरण भएको नगरपालिकाले बताएको छ । रासस