उत्तम नेपाल, भद्रपुर ।
नेपाली काग्रेसका पुर्व महामन्त्री तथा झापा क्षेत्र ३ नम्बरबाट निर्वाचित सांसद कृष्णप्रसाद सिटौलाले आफ्नै क्षेत्रमा शिलान्यास गरेको झोलुङ्गे पुल निर्माण कार्य सुचारु हुनसकेको छैन । पुलको शिलान्यास भएपछि मेचीपारीका बासिन्दा हर्षित देखिएका थिए तर, निर्माण कम्पनीको लापरवाहीले पुल निर्माण कार्य ठप्प बनेपछि मेचीपारी बासिन्दा निराश देखिएका छन् ।
नेता सिटौलाले २०७२ असोज ११ गते भव्य समारोहका बिच पुलको शिलान्यास गरेका थिए । झापाको साविक महेशपुर गाविस हाल भद्रपुर नगरपालिका ३ पर्ने मेचीपारीको गाउबासीको पिडा र दिर्घनकाली समस्यालाई मध्यनजर गर्दै नेपाल सरकारले आर्थिक बर्ष ०७२।७३ मा मेची नदीमा झोलुङ्गे पुल बनाउने योजना अघि सारेको थियो ।
भारतीय सीमावर्ती बजारमा आत्मनिर्भर त्यहाँका नेपाली जनतामा झोलुङ्गे पुल बनेपछि आर्थिक विकासको पाटो खुल्छ भन्ने आशा जागेको थियो । हाल सम्म झोलुङ्गे पुलमा ५ प्रतिशत पनि काम भएको छैन । निर्माण कम्पनीले पुलको औजार सामागी ल्याएर थनक्याएको ६ महिना बिति सकेको छ । स्थानीय तहको चुनाव आउन लागेपछि मेची नदीमा एउटा पिलर बनाउन काम सुरु भएको थियो । तर, त्यो काम पनि निर्माण कम्पनीले अधुरै छाडिदिएको छ ।
निर्माण कार्य अवधि सकिसकेको डेढ महिना वित्न लाग्दा समेत नेता सिटौलासहित अन्य कुनै पनि राजनितिक दलले यसतर्फ चासो नदेखाएको स्थानीयले गुनासो पोखेका छन् । झोलुङ्गे पुल बन्ने सम्भावना नदेखिएपछि स्थानीय आक्रोसित बनेका छन् ।
नदीमा झोलुङ्गे पुल बन्ने भएपछि स्थानीय खुशी थिए । तर, त्यो सपना पनि पुरा नहोला जस्तो भइसकियो, फेरी बर्खा आउन लागिसकियो, निर्माण कार्य अधुरै छ, स्थानीय अरुण राजवंशीले बताए । सरकारी सेवासुविधा लिन, विद्यालय तथा कलेज पढन, काम गर्न जान फेरी मेची नदी तैरिदै जानु पर्ने बेला आइसकेको छ, तर पुल बन्ने कुनै सुसार नै छैन, पुलको लागि ल्याएको औजार सामागी समेत ठेकेदारले अन्यन्त्र पुल बनाउन लान थालिसकेको उनको भनाई छ ।
राजनितिक खेल हो, कि ठेकेदारको कमिकजोरीले पुल नबनेको अहिले सम्म गाउबासीले बुझनै नसकेको स्थानीय जितलाल राजवंशीको भनाई छ ।
सघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेटबाट भ्याट सहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयामा निल गिरी सेवा प्रालि बानेश्वर काठमाडौले २०७२ भदौ ७ गते ठेक्का सम्र्झौता गरेको थियो ।
२ सय ८० मिटर लामो र १३ मिटर चौढाई सहितको पुलको निर्माण कार्य १८ महिना अर्थात २०७३ फागुन ६ गते सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डागीले ठेक्का लिएको हो । त्यो समय अवधि पनि सकिसकेको छ । अहिले निर्माणस्थलमा एउटा टहरामा दुई÷चार जना कामदार बस्दै आएका छन् ।
जिल्ला प्राविधिक कार्यालय झापाका इन्जिनियर सशिल श्रेष्ठका अनुसार १ सय २० मिटर लामो झोलु्ुङ्गे पुल मात्र जिल्लाले हेर्न बताए । मेची पारीको पुल हेर्न सम्पूर्ण जिम्मा मन्त्रालयमा रहेकोले यस बारेमा जिल्ला समन्वय समिति झापा र प्राविधीक कार्यालयले हस्तक्षेप गर्न नमिल्ने इन्जिनियर श्रेष्ठको भनाई छ ।
भारतको विहार राज्यकोसीमासंग जोडिएको टापु आकारको नेपालको एउटा गाँउ त्यहा विजुली , सडक , शौचालय न त स्वच्छ पानी पिउने वातावरण नै छ । त्यहाका जनता बषौदेखि भारतमै निर्भर छन् ।
मनसुन सुरु भएपछि भद्रपुर नगरपालिकाले गाउबासीको सुविधाका लागि मेची तरेर सरकारी सेवा सुविधा लिन एउटा निशुल्क डुगा व्यवस्था गर्दै आएकोे छ ।
प्रतिक्रिया