भारतमा जस्टिनको निराशाजनक कन्सर्ट


भारतमा भएको पपस्टार जस्टिन बिबरको कन्सर्टलाई लिएर भारतीयहरु जति उत्साहित थिए, कन्सर्टसँगै भने त्यति नै निराश भए। जस्टिनले ४ गीतहरु लाइभ गाएपछि बाँकी पर्पmमेन्समा लिप्सिङ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मुम्बईस्थित डी आई पाटिल स्टेडियममा उनको कन्सर्ट हेर्न मानिसहरु खचाखच थिए भने केही बलिउड स्टारसमेत आफ्ना सन्तान लिएर उनलाई हेर्न र सुन्न पुगेका थिए। तर उनले लिप्सिङ गरेको प्रस्ट थाहा भएको समाचारमा उल्लेख छ। ‘त्यसैले उनको पर्फमेन्समा ऊर्जा देखिँदैन थियो।’ –भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

२३ वर्षीय यी पप स्टार निर्धारित समयभन्दा केही ढिला मञ्चमा पुगेका थिए। उनले ‘हेलो इन्डिाया’ भन्दै भारतीयहरुलाई अभिवादन गर्दा नै उनका फ्यानहरु रोमाञ्चित भएका थिए। ‘म एउटा सुन्दर रातमा एउटा सुन्दर देशमा छु। म पहिलोपटक यहाँ आएको हँु र यो मेरा लागि खास समय हो।’ –उनले कन्र्सटको दौरानमा भनेका थिए। कोल्ड वाटर, लभ योर सेल्फ, आई वील शो युजस्ता चर्चित गीतहरुमा आफ्नो प्रस्तुति दिएका उनी कन्सर्टका अघिल्लो दिन अबेर राति भारत पुगेका थिए। भोलिपल्ट डेढ घण्टाको पर्फमेन्स दिएर त्यहीँबाट नै एयरपोर्ट फर्केका थिए। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनी भारतमा थप दुई दिन बस्ने योजना थियो।

उनी ताजमहल र जयपुर घुम्न चाहन्थे। तर कन्सर्ट सकिनेबित्तिकै उनी एयरपोर्ट फर्केका थिए। उनलाई भारत छोड्न यति हतार थियो कि उनले आफ्नो टिसर्ट पनि हिँड्दा हिँड्दै फेरेका थिए। भनिन्छ कि उनले भारतको गर्मी झेल्न सकेनन् र कन्सर्ट सकिनासाथ उनी त्यहाँबाट हिँडे। उनले कन्सर्टका दौरान पनि भनेका थिए– ‘यो ठाउँमा गर्मी धेरै छ।’ यसको मतलब यो पनि हुन सक्छ कि उनलाई भारत मन परेन। जस्टिनको लागि बलिउड इन्डिस्ट्री ठूलो पार्टी गर्ने योजनामा थियो।

केही सेलिब्रेटीहरु उनलाई गिफ्ट पनि दिन चाहन्थे। तर यी सबै कुरालाई छोडेर आफ्नो प्राइभेट जेटमा फर्किएका थिए। उनलाई कन्सर्टका सिलसिलामा सलमान खानको बडिगार्ड शेरासहित सुरक्षाकर्मीको ठूलो दस्ताले सुरक्षा प्रदान गरेको थियो।
ज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञ

सानुले ल्याए युनिक
गीतकार सानु तिवारीको गीति अडियो एल्बम युनिक राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। एल्बममा एक धरको सिन्दुर, जवानीमा, भोजपुर जिल्ला, सिमसिम बोलका गीत संगृहित छन्।
सबै गीतमा डिजराज पौडेलको स्वर र संगीत छ भने तीमध्ये एक धरको सिन्दुरको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोमा ईश्वर, सृष्टि र नवीनले अभिनय गरेका छन्। किशोर अनुरागको निर्देशन रहेको भिडियोलाई शिव पंगेनीले खिचेका छन्। २०६४ सालमा घात नामक एल्बम सार्वजनिक गरेका सानु भोजपुर तिवारी भञ्ज्याङ्का स्थायी बासिन्दा हुन्।