२३ दिनमा सकियो कथा काठमाण्डु


भीजे संगीता श्रेष्ठको डेब्यु निर्देशनमा बनेको फिल्म कथा काठमाण्डुको सुटिङ कार्य सकिएको छ। संगीताले केवल २३ दिनमै कथा काठमाडौंको सुटिङ पूरा गरेकी हुन्।

‘३ चरणमा फिल्मको सुटिङ गर्यौं र २३ दिनमै फिल्म खिचिसक्यौं’, संगीताले भनिन्– ‘यो फिल्मभित्र ३ कथा छन्। तर, तिनैवटा कथाका पात्रको कनेक्शन एक अर्कासँग छ। नेपाली फिल्ममा पहिलोपटक यस्तो कथामा फिल्म बनेजस्तो लाग्छ।’

फिल्ममा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीलगायतले अभिनय गरेका छन्। निर्देशक संगीताका अनुसार प्रियंकाको कथाको कनेक्शन सन्ध्यासँग र सन्ध्याको कथाको कनेक्शन आयुष्मानसँग छ।

आहाना फिल्मस्को ब्यानरमा विजय राईले निर्माण गरेको फिल्ममा गायिका इन्दिरा जोशी विशेष भूमिकामा छिन्। फिल्मको रिलिज डेट चाँडै नै तय गरिने संगीताले जानकारी गराइन्।