विकासका मुद्दामा व्यवसायीको चासो


पहिलो चरणमा वैशाख ३१ र दोस्रो चरणमा जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा निजी क्षेत्रका उद्योगी व्यवसायी र बैंकिङ क्षेत्रका विभिन्न व्यक्तिहरूसँग आर्थिक तथा विकासका मुद्दाहरूलाई निर्वाचित जनप्रतिनिधिहरूले कसरी कार्यान्वयनमा लैजानपर्छ भन्ने विषयमा आधारित भएर नेपाल समाचारपत्रले गरेको कुराकानी।

भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
लामो समयपछिको स्थानीय निर्वाचनले विकासमा तीव्रता ल्याउनेछ भन्ने विश्वास हामीले लिएका छँैं। निर्वाचित उम्मेदवारहरूको स्थानीय विकासमा ठूलो भूमिका रहन्छ। स्थानीय विकास र सोही विषयसँग सम्बन्धित एजेण्डाहरूलाई अगाडि बढाउने हुनाले हरेक क्षेत्र कुनै न कुनै ढंगले प्रगति र विकास गरिरहेको हुन्छ। आर्थिक क्षेत्रको विकाशले नै हामीले दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्छँैं। निर्वाचित उम्मेदवारहरूको सामाजिक, आर्थिक, राजनीतिकलगायतका जिम्मेवारी हुने भएकाले पनि हरेक क्षेत्रलाई सन्तुलनमा राखेर अघि बढ्न जरुरी छ।
यति हुँदा हुँदै पनि आर्थिक विकासको मुद्दालाई प्रतिनिधिहरूले मुख्य रूपमा लिन सक्नुपर्छ। अर्को कुरा भनेको उद्योग व्यवसायको प्रवद्र्धनमा पनि उहाँहरूले ध्यान दिन जरुरी छ। जसमा सहकार्यको पनि आशा हामीले राखेका छँैं।
अनिल शाह
बैंकर एसोसीएसन अफ नेपाल

स्थानीय तहमा नेपाल विकास गर्छु भन्ने भन्दा पनि गाउँ टोलमा विकास गर्छु भन्ने अठोटका साथ आउने उम्मेदवारले जित्नुपर्ने आवस्यकता छ। हाइड्रोपावरजस्ता ठूला परियोजनाका सपना बाँड्ने हैन, टोल, बाटोघाटो निर्माण, स्थानीय समस्या र मुद्दालाई बुझेर आत्मसाथ गर्दै जनताको भावनालाई स्वीकार्ने नेतृत्व अहिलेको आवस्यकता हो।
सूक्ष्मरूपमा हेर्दा जसले आर्थिक मुद्दालाई मूल मुद्दा बनाउँछ त्यही नेतृत्वको आवश्यकता छ। जातीय तथा राजनीतिक हैन स्थानीयस्तरबाट अर्थतन्त्रमा कसरी योगदान पुयाउने मुद्दा उठाउँछ त्यस्तो मान्छेले जित्नुपर्छ।
शरदकुमार गौचन,
अध्यक्ष, निर्माण व्यवसायी महासंघ

योग्य, सक्षम र नगरको विकास गर्नसक्ने उम्मेदवार नै छानिएर आओस् भन्ने हो। जसले नगरको विकास गर्नका लागि हामीहरूलाई पनि छुट्टै किसिमको ऊर्जा र आशा आशा लिएर आउने युवापुस्ताबाट बढी अपेक्षा राख्न सक्दछँैं। निर्वाचनमा हाम्रा निर्माण व्यवसायी साथीहरू पनि धेरै जना उठ्नु भएको छ। हामी सबैलाई यो चुनावले विकास र प्रगतिका लागि आशा देखाएको छ।

निर्वाचनपछि विकास उच्च गतिमा अघाडि बढ्छ भन्ने आशा हामीले लिएका छँैं। अहिलेसम्म कर्मचारीहरूले स्थानीय निकाय चलाउँदै आएका थिए। जसले गर्दा विकासले गति लिन सकेको थिएन। तर अब छानिएर आएका प्रतिनिधिहरूले काम कारबाहीहरूमा उत्तरदायी र पारदर्शिताको अनुभव हामीले गर्नेछँैं। नयाँ नयाँ विकासका योजनाहरू अगाडि आउँछन्। जसले गर्दा औद्योगिक उत्पादन, वस्तुको खपत र रोजगारीको अवसर पनि सिर्जना गर्दछन्। यस कारणले पनि हामी व्यवसायीहरूलाई प्रत्यक्ष र परोक्ष रूपमा फाइदा नै पुयाएको छ। यसको सफलताका लागि हामी शुभकामना व्यक्त गर्छौं।

चन्द्र ढकाल
उद्योग वाणिज्य महासंध, यसोसिएट उपाध्यक्ष

समग्रमा आर्थिक गतिविधिहरूलाई तीव्ररूपमा अघि बढाउने र रोजगारीको सृजना गर्नका लागि मुलुकमै अवसर सृजना गर्ने व्यक्तिको खाँचो छ। निर्वाचनपछि हरेक गाउँपालिका अथवा नगरपालिकाहरूमा स्थानीय प्रतिनिधिहरू छनोट हुने र महत्वपूर्व कार्यको अधिकार र जिम्मेवारी उनीहरूमै जाने भएकाले विकासको गति तीव्र रूपमा अघि बढ्छ भन्ने लागेको छ। यसका लागि विकासका एजेण्डा, आर्थिक विकास र आर्थिक समृद्धिका लागि निर्वाचित उम्मेदवारहरूले कटिबद्ध भएर लाग्न पनि उत्तिकै जरुरी छ।

इ. विनोद ढकाल
कम्प्युटर एसोसीएसन अफ क्यान नेपाल

पार्टीगत रूपमै भोट जानुपर्छ भन्ने मेरो मान्यता हो। विगतमा भने पार्टीले खासै राम्रो गर्न नसकेकाले गर्दा एक किसिमको वितृष्णा छ। निर्वाचन भन्नेबितिकै पटीकै कुरा आउँछ त्यो बाहेक अरू विकल्प पनि छैन। जुन पार्टीले भिजनसहितको सूचना, सञ्चार, प्रविधिललाई अथवा आईटीलाई र विज्ञानलाई जसले आफ्नो घोषणपत्रमा आत्मसाथ गरेको छ त्यस्ता पार्टीका उम्मेदवार अबको स्थानीय चुनावबाट चुनिएर आएमा राम्रो हुनेछ। पछिल्लो समयमा आर्थिक क्षेत्रमाको सबै मुद्दामा सूचना प्रविधि पनि गाँसिएको अवस्था छ। उदाहरणका लागि उद्योगधन्दा। विश्वमा सबैतिर विज्ञानलाई साथ लिएर अघि बढेकाले विकास तथा समृद्धि हासिल गरेका छन्। तसर्थ नेपाल एक कृषिप्रधान देश भएकाले कृषिमा सूचना प्रविधि प्रयोग गरेर त्यसको गुणस्तर वृद्धि गर्ने नेतृत्वको खोजीमा हामी छौं।

राजेश काजी श्रेष्ठ
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
नेपालको राजधानी भएकाले यहाँ कर उठाएर केही नगर्नेभन्दा पनि ज्यादा जनसहभागिताका साथ कर वृद्धि गरेर काठमाडौंलाई अन्तर्र्राष्ट्रिय छवि बनाएको शहर बनाउनेका लागि यहाँ आवश्यकता छ। काठमाडौंलाई अन्तर्राष्ट्रिय सभा सम्मेलन आयोजन गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने, जनतामा व्यवसाय कर, घरबहाल कर, होडिङबोर्ड कर आदि तिरौंतिरौं लाग्ने बनाउन सक्ने नेतृत्वको खाँचो छ। तसर्थ, धुलो–धुवाँ, बसोबासको कुरा त सबैले गर्छन् तर आजको दिनमा अन्तर्राष्ट्रियस्तरमै अनुभव बटुलेको, विश्वव्यापीकरण बुझेको आर्थिक समृद्धिको बाटो देखाउने व्यक्ति नेतृत्वमा आएको देख्न चाहन्छु। समग्र आर्थिक क्षेत्रलाई समेटेर देशको अर्थतन्त्रलाई टेवापु¥याउन सक्ने नेतृत्वको आवश्यक रहेकाले भोलिका दिनमा त्यस्तो उम्मेदवार विजयी भएर आएको देख्ने निजीक्षेत्रको अपेक्षा रहेको छ।