नयाँ सिल्क रोडका लागि ब्यापक लगानी गर्ने चीनको तयारी


स्थलमार्ग सञ्जालले ६५ देशलाई जोड्ने

बेइजिङ, (एजेन्सी)
चीनले एसिया, युरोप र अफ्रिकाका ६५ देशलाई जोड्ने ब्यापारिक स्थल मार्ग विस्तार गर्ने योजनाका लागि २८ देशका प्रमुखहरूको सिखर सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ।

चीनको उक्त परियोजनालाई ‘वन बेल्ट वन रोड’ परियोजनाको नाम दिइएको छ भने यसलाई ‘न्यु सिल्क रोड’ पनि भन्ने गरेको छ। उक्त परियोजनालाई लिएर बेइजिङमा २८ देशका प्रमुखको बैठक हुने भएको छ। यस परियोजनालाई पाकिस्तानले पहिले नै सहभागी हुन स्विकृति दिइसकेको छ भने नेपाल पनि यसमा सहभागी बनेको छ।

विश्वको कुल ब्यापारको ९० प्रतिशत हिस्सा समुद्री मार्ग भएर हुने गरेको छ। यो ब्यापारमा मालबाहक जहाजहरू एक देशबाट अर्को देशमा जाने गर्छन्।मध्यपूर्वबाट चीनसम्म तेल पुर्याउने पानी जहाजले पारम्पारिक समुद्री मार्गको प्रयोग गर्छ। यो द्विपक्षीय ब्यापारिक आदानप्रदानमा मार्गमा पर्ने कुनै तेस्रो देशलाई फाइदा वा नोक्सान हुने सम्भावना कमै हुन्छ।

चीनले शुरू गरेको महत्वाकांक्षी यो परियोजना यदि सफल भएमा विश्वमा हुने गरेको विश्व ब्यापारको तस्वीर परिवर्तन हुनेछ। यसले समुद्री मार्गमा निर्भरतालाई पनि कम गर्न सक्छ , जसमा अहिले अमेरिकाको दबदबा छ।
वन बेल्ट वन रोड (ओबीओआर)लाई प्राचिन सिल्क रोडको २१आंै शताब्दीको संस्करण भनिएको छ। ओबीओआरको उद्देश्य ब्यापारका लागि समुद्री तथा स्थल दुबै प्रकारको मार्ग विकास गर्नु हो।

यो परियोजना ऐतिहासिक सिल्क रोडबाट प्रेरित छ जसमा चीनलाई बाहिरी विश्वसँग जोडेको थियो। ओबीओआरले ब्यापारिक मार्गका लागि समानान्तर बन्दरगाह, रेलवे र सडकको ब्यापाक सञ्जाल तयार गर्ने सम्भावनालाई मार्ग प्रसस्त गर्छ। चीनले ब्यापक स्तरमा अफ्रिका, मध्यपूर्व तथा दक्षिण एसियामा रेल तथा सडक सञ्जाल निर्माण गरिरहेको छ। यो परियोजनाको प्रमुख उद्देश्य पनि चीनलाई अफ्रिका, मध्यएसिया र रुस हुँदै युरोपसँग जोड्नु हो।
चीनले पाकिस्तानको ग्वादर बन्दरगाह र म्यानमारको क्याउकफियु बन्दरगाहलाई तयार गरेको छ। यहाँबाट उसले मध्यपूर्वबाट ट्यांकर, पाइप लाइन वा रेल नेटवर्कमार्फत तेल सहज रूपमा भित्र्याउन सक्छ।
यो अर्बौ डलरको परियोजनाको राजनीतिक र आर्थिक दुबै पक्ष प्रवल देखिन्छ। यसमा जोडिएको राजनीतिक महत्वाकांक्षा भनेको अमेरिकी प्रभुत्वको प्रमुख आधार मानिएको डलरको प्रभाव र समुद्रमाथि उसको नियन्त्रणलाई चीन समाप्त पार्न चाहन्छ।

आर्थिक दृष्टिकोणको यसको महत्व पछिल्लो घटनाले अझ बढाएको छ। चीनद्वारा बनाइएको अन्तर्राष्ट्रिय वित्तीय संस्था एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकमा सहभागी हुन पश्चिमी देशको एउटा ठूलो हिस्साले अमेरिकालाई पनि पन्छाएको छ।

ओबीओआर चीनलाई एउटा बैकल्पिक मार्ग र बिनाविवादको नीति अपनाउन छुट दिएको छ। यसले चीनलाई समुद्रीमार्गको तुलनामा स्थलमार्ग विकसित गर्न जोड दिन्छ। यसले एसियामा पश्चिमी प्रभाव समाप्त गर्न प्रभावकारी भूमिका खेल्नेछ।

स्थल मार्गमा उत्कृष्तता हासिल गर्न चीन, रुस र जर्मनीजस्ता महद्विपीय शक्तिहरूले चाहेका छन्। किनभने जापान र अमेरिकाजस्ता समुद्री क्षेत्रका महाशक्तिलाई सीमित गर्न र बहुध्रुवीय विश्व राजनीतिलाई सुनिश्चित गर्न यो उनीहरूका लागि राम्रो अवसर पनि हो।

यस परियोजनाअन्तर्गत नेपालसँग भएको सम्झौतापछि चीनको तर्फबाट काठमाडौंदेखि तिब्बतको ल्हासाम्म रेल सञ्जाल विस्तारलगायत थुप्रै परियोजनामा भारी लगानीको सम्भावना बढेको जनाइएको छ।