नेपाल समाचारपत्र, हेटौंडा । आर्थिक विपन्नताका बाबजुद उनीहरु यसपटक केही खुशी देखिएका छन् । कारण, स्थानीय निकाय निर्वाचन । नेपालको इतिहासमा बनकरिया समुदायबाट स्थानीय तहमा पहिलोपटक मताधिकार प्रयोग गरि“दैछ ।
देशमा मकवानपुरको हा“डीखोला, ट्वाङ्ग्रास्थित मुसेधापमा मात्र बसोबास गर्दैै आएका लोपोन्मुख बनकरियामध्ये ५४ जनाले यसपटक स्थानीय निकाय निर्वाचनमा भोट हाल्दैछन् ।
स्थानीय पशुपतिनाथ माविमा राखिएको केन्द्रमा उनीहरु पहिलोपटक मतदान गर्दैछन् । भन्छन्–भोट कहिले खसालु“ जस्तो भा’को छ । सदरमुकाम हेटौंडाबाट करिब २२ किलोमिटर दुरीमा रहेको साविक हा“डीखोला–१, ट्वाङ्ग्रास्थित मुसेधापमा बनकरिया समुदाय बस्छन् ।
लोपोन्मुख बनकरिया जातिमा पुरुषभन्दा महिला अगाडि छन् । बनकरिया समुदायका पुरुषहरु चुलोचौका र जंगल छाडेर अन्यत्र जान अझै रुचाउ“दैनन् ।
४६ वर्षीया सन्तमाया ट्वाङ्ग्राडा“डास्थित बनकरिया विकास समूह र बस्ती बचाउ उपभोक्ता समितिकी अध्यक्ष हुन् । उनले पनि आफूहरु भोट हाल्न हतारिएको बताइन् । सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेपछि बनकरिया समुदायको आर्थिक विकास र चेतनामा सकारात्मक प्रभाव परेको छ ।
सन्तमायाले भनिन्– गाउ“ छाडेर बाहिर जान छोरा मान्छे मान्दैनन्, तर भोट खसाल्न भने लान्छौं । ठूलीमायाका पति हर्कबहादुरले भने– घरबाहिरको काम गर्ने बानी नै नपरे पनि भोट त हाल्ने हो । पार्वती बनकरियाले भनिन्– बल्लबल्ल पाएको अधिकार त प्रयोग गर्नै प¥यो नि । पुरुषहरुलाई पनि भोट हाल्न स“गै लैजाने सल्लाह भएको छ, नेताहरुले पनि यही भनेका छन् ।
बनकरिया समुदायबाट पनि वडा तहको नेतृत्वमा प्रतिनिधित्व गराउने विषयमा राजनीतिक दलस“ग छलफल भए पनि यस पटक उनीहरुले नेतृत्वमा उम्मेदवारी दिएनन् ।
गाउ“को प्रौढ कक्षामा सहभागी भएर त्यहा“का प्रायः महिला आफ्नो नाम लेख्न जान्ने भएका छन् । गाउ“का प्रायः सबै महिलाले आफ्नो नाम लेख्न जानेको उनीहरु बताउ“छन् ।
सरकारले २० वर्षका लागि उपलब्ध गराएको नौ हेक्टर जंगलमा बनकरिया बस्दै आएका छन् । बनकरिया समुदायबाट गत वर्ष पम्फाले पशुपतिनाथ माविबाट पहिलोपटक प्रवेशिका परीक्षा दिएकी थिइन् । यस वर्ष पनि सोही विद्यालयबाट एसईईमा सन्तोषी बनकरियाले परीक्षा दिएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए । त्यहाँ १२ घर बनकरिया परिवार रहेकोमा हाल परिवार संख्या २० पुगेको प्रअ आचार्यले बताए ।











प्रतिक्रिया