यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं । सुर्खेत हरिहरपुर–६ घर भएका ४२ वर्षीय दुर्गाबहादुर सुवेदीलाई १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१६ मित्रनगर स्थित एम.डि.गेष्ट हाउसको तेश्रो तलाको १०६ नम्बरको कोठामा बस्दै आएका सुवेदीले उक्त गेष्ट हाउसमा वेटर काम गर्ने महिलालाई कोठा सफा गर्न गएको मौका छोपी कोठाको चुक्कुल लगाई यौन दुव्र्यवहार गरेको र होटल सञ्चालकले उक्त कोठा खोल्न लगाउँदा महिला बेहोश भएको अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।