दुई दर्जन मूर्तिले सजियो गुम्बाडाँडा

0
Shares

हेटौंडा, (नेस)। हेटौंडा हर्नामाडीस्थित गुम्बाडाँडालाई मूर्तिहरु सजाइएको छ। नेपालमै भएको पहिलो अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला २०६९ मा कुँदिएका नेपाल र अरू ५ देशका २३ होनाहार मूर्तिकारले कुँदेका २३ मूर्ति गुम्बाडाँडामा सजाइएको हो।

हर्नामाडी कला प्रतिष्ठानले कलाकै रूपमा विकास गर्ने योजनासहित सो डाँडालाई मूर्तिले सजाएको अध्यक्ष हर्क रम्तेल बताए। हेटौंडाको मुख्य बजारदेखि नजिक रहेको पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्रको विकासका लागि सम्बन्धित सबै पक्ष एक हुनु आवश्यक रहेकोमा उनले जोड दिए।