पूर्णिमा किड क्विन नेपाल

0
Shares

सिन्धुपालचोककी ९ वर्षीया पूर्णिमा थापाले १५औं किड क्विन नेपाल २०१७ को उपाधि जितेकी छन्। उपाधिसँगै उनले क्राउन र विभिन्न उपहार प्राप्त गरिन्।

नेप्लिज फेसन होमद्वारा बुधबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित प्रतियोगितामा अल्ड्रिना श्रेष्ठ फस्ट र कोहिनुर भारती सेकेन्ड रनर्सअप भए।

प्रतियोगितामा एन्जल कार्की मिस पर्सनालिटी, सामना श्रेष्ठ मिस डिसिप्लेन, बियन्का श्रेष्ठ बेस्ट ड्रेस, दियानी केसी मिस ट्यालेन्ट, सजना खड्का सोसियल वेलफेयर चिफ, अजुवी वाग्ले मिस इनोसेन्ट, सबनम राउत मिस फ्रेन्डसिप, सुयोसा गिरी मिस चार्मिङ, आयष्मा बाजुराली बेस्ट स्माइल, बिरांगना वाग्ले बेस्ट स्किन, कृतिका चौधरी मिस फोटोजेनिक र हेमा लामा बेस्ट हेयर भए।

कार्यक्रममा प्रमुख अतिथि एवं उद्योगमन्त्री नवीन्द्रराज जोशीले यस्ता प्रतियोगिताबाट भोलिका कर्णधार बालिकाहरुको अहिलेदेखि प्रखर, जिम्मेवार र प्रतिभावान हुने बताए। रोहिया महर्जनको कोरियोग्राफी एवं रोजिन शाक्य र सुनीता डंगोलको सञ्चालनमा सम्पन्न अन्तिम प्रतियोगिताको निर्णायकमा गायिका एवं सञ्चारकर्मी धन लामा, नेपाल बुटिक एसोसियसनका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, लायन्स पवनकुमार थापा, सञ्चारकर्मी अरुणा भट्टराई, ब्युटिसियन मञ्जु कार्की र मिस नेवाः इसु श्रेष्ठ थिए।