निर्देशन गर्दागर्दै गायक

0
Shares

म्यूजिक भिडियोको निर्देशन गर्दै आएका रोजल थापाले गायकको रूपमा पनि आफ्नो परिचय थपेका छन्। हालै युट्युबमार्फत् सार्वजनिक भएको चिरिप्पै तानी कोदोको पानी फकाउँला सानीलाई बोलको गीतको म्युजिक भिडियोमा निर्देशक रोजलकै शब्द, संगीत र स्वर रहेको छ।

भिडियोको कथाअनुसार क्रिस्टिना थापाको प्रेममा चुर्लुम्मै डुबेका मोडल दिव्य दाहाललाई मदिरा सेवन गर्ने बानी हुन्छ। क्रिस्टिनालाई भने यो बानी पटक्कै मन पर्दैन। यसैबीच क्रिस्टिना र दिव्यको प्रेममा अर्का मोडल अमृत शाही ठकुरी प्रवेश गर्छन्। अन्ततः क्रिस्टिनालाई अमृतले आफ्नी प्रेमीका बनाउँछन्।

लक्षु प्रकाश मल्लको एरेन्ज रहेको गीतको भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी छ। रामेश्वर कार्कीले भिडियो खिचेका हुन् भने सम्पादन श्याम कुँवरले गरेका छन्। म्युजिक भिडियोको निर्देशन गायक रोजल स्वयंले गरेका हुन्।