रेनो क्विड कार आयो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
रेनो नेपालले रेनो क्विड ह्याचब्याकको विशेष संस्करण सार्वजनिक गरेको छ। कम्पनीले बुधबार राजधानीमा १ लिटर स्मार्ट कन्ट्रोल इफिसिएन्सी इन्जिन नेपालमा सार्वजनिक गरेको हो।

कम्पनीले रेनो क्विड तथा डस्टर ८ महिनाको अवधिमा एक हजार युनिट बिक्रीको सफलतापछि अर्को विशेष संस्करण सार्वजनिक गरेको बताएको छ। ‘लिभ फर मोर एडिसन’ भनेर चिनिने उक्त कार कम्प्याक्ट ह्याचब्याक सेगमेन्टका कार खरिद गर्न चाहने ग्राहकका लागि अधिक शक्तिशाली विकल्प रहेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार सो कारको लम्बाई, तौललगायतका तुलनामा शक्ति, बुट स्पेस, ग्राउन्ड क्लियरेन्स तथा प्रविधिको क्षेत्रमा नयाँस्तरको रहेको छ। एसयुभीबाट प्रेरित भएको डिजाइन, ७ इन्चको टचस्क्रिन मिडिया सिस्टम, डिजिटल इन्स्टुमेन्ट क्लस्टर, वान टच चेन्ज इन्डिकेटर, लोड लिमिटर्स विथ प्रिटेन्सनर्स प्रो–सेन्स सिट बेल्टलगायतमा पहिलोपटक आएको विशेषता रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, कम्पनीका अनुसार उत्कृष्ट विशेषतामा ३ सय लिटरको बुट क्यापासिटी, एग्रो स्मार्ट क्याबिन, मल्टिपल स्पेस राईड एण्ड ह्यायडलिङ, पर्सनलाईजेसन अप्सनलगायत रहेको छ। कारमा शक्ति र डिजाइनको अनुपम संयोजनका साथै सुरक्षाको दृष्टिकोणले समेत कुनै सम्झौता नगरिएको बताइएको छ।

बजारमा रेनोले दुई किसिमका कार को संस्करण उपलब्ध गराएको छ भने ती कारको शुरुआती मूल्य २० लाख ९८ हजार रुपियाँ रहेको कम्पनीले जनाएको छ। रेनो क्विड यसअघि नै चालकका लागि एयर ब्यागको विकल्पका साथ उपलब्ध छ। सुरक्षालाई नयाँ स्तरमा पुर्याउन, क्विड १ लिटर स्मार्ट कन्ट्रोल इफिसिएन्सी इन्जिनमा पहिलो श्रेणीको प्रो सेन्स सिट बेल्ट प्रिटेन्सनर्स विथ लोड लिमिटर्स राखिएको छ। यस्तो किसिमको सुरक्षा विशेषता सामान्यतया माथिल्लो श्रेणीका कारमा मात्र राखिएको हुन्छ।

Skip This