पत्रकार महासंघ सप्तरीको अध्यक्षमा खड्गा


शिवहरि प्रसाद भट्टराई, राजविराज । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको नवौं जिल्ला अधिवेशनवाट निर्वाचित कार्य समितिका पदाधिकारी तथा पार्षदहरुको वुधवार एक भब्य समारोहका विच पदस्थापन गरिएको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जितेन्द्र खडगाले निर्वाचन प्रकृयालाई प्रजातान्त्रिक अभ्यासको संज्ञा दिदै यसमा कुनै पक्षको हार वा जित नभई समग्र पत्रकारीता क्षेत्र र पत्रकारकै विजय भएको वताए ।
उनले आफनो कार्यकालमा कुनै आग्रह पुर्वाग्रह नराखी महासंघ, पत्रकार र समाजको हितमा सवैलाई साथ लिएर अघि वढ्ने प्रतिवद्धता पनि जनाए । आफुले भनेको कुरा ब्यवहारमा लागु गरेर देखाउने दृढता पनि उनले ब्यक्त गरे । निवर्तमान अध्यक्ष प्रकाश खतिवडाले विगतका तीतामिठा अनुभवलाई ईतिहाँसकै पानामा राखेर सवै एकजुट भई अघि वढने दृढता ब्यक्त गर्दै महासंघको हितमा आफनो सदैव सकारात्मक सहयोग रहने प्रतिवद्धता जनाए ।
नवनिर्वाचित पदाधिकारी तथा पार्षदहरुलाई प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि यज्ञ शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर कटवाल, निर्वाचन समितिका संयोजक वैद्यनाथ झा र निवर्तमान अध्यक्ष प्रकाश खतिवडाले संयुक्त रुपमा प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए ।
महासंघका निवर्तमान उपाध्यक्ष श्रवण देवद्वारा स्वागत गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कटवाल, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शंकर कुमार दास, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, राष्ट्रिय जनता पार्टीका सुनिल कुमार झा, पत्रकार महासंघ सप्तरीका पुर्व सभापति विष्णुकुमार मण्डल, नागरिक समाजका संयोजक थानसिंह भन्साली लगायतले नयाँ कार्यसमितिको सफलताका लागि शुभकामना दिएका थिए ।
गत शुक्रवार सम्पन्न निर्वाचनबाट महासंघको अध्यक्षमा जितेन्द्र खड्गा विजयी भएका थिए । त्यस्तै उपाध्यक्षमा श्यामसुन्दर यादव, उपाध्यक्ष (महिला समावेश) मा सुधा देव, सचिवमा जितेन्द्रकुमार झा, सह सचिवमा चन्दनकुमार यादव, सह सचिव (समावेशी) मा डम्वर राई र कोषाध्यक्षमा शुभचन्द्र झा विजयी भएका थिए ।
यसैगरी, सदस्यहरुमा भुषणकुमार सिंह, कृष्णदेव यादव, गंगाप्रसाद साह, वृजमान तामाङ्ग, विन्दुकुमार यादव र राजकुमार पासवान, भुपेन्द्र मण्डल विजयी भएका थिए ।

महासंघको केन्द्रिय पार्षदमा व्यासशंकर उपाध्याय, अवधेश झा, मुरली प्रसाद यादव, गणेशलाल देव, भोला पासवान, देवराम यादव, अनिलकुमार अनल विजयी भएका थिए । यसैगरी महिला पार्षदमा माला कर्ण र धमला भट्टराई निर्विरोध भएका थिए ।
महासंघको प्रदेश पार्षदमा राजेश कुमार झा, मिथिलेश यादव, सुमन मिश्र, नवीन गुप्ता, महेन्द्र प्रसाद मण्डल, महेश्वर भारती, पवन कुमार मिश्र, वैद्यनाथ यादव, शिवनारायण साह, मनोज कुमार माझी, देवेन्द्र मिश्र, रश्मी झा र भोला रमण उप्रेती विजयी भएका थिए ।