बुद्ध जयन्तीमा शान्ति ¥याली


नेपाल समाचारपत्र, हेटौंडा । २५६१ औं बुद्ध जयन्तीको अवसरमा हेटौंडामा विश्व शान्ति ¥याली निकालिएको छ । दिव्य केन्द्र त्रिवेणीधाम हेटौंडा, शिव सेना नेपाल मकवानपुर र अन्य धार्मिक संघसंस्थाको आयोजनामा शान्ति ¥याली निकालिएको हो ।

¥यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । ¥यालीमा दिव्य केन्द्रका सदस्यका साथै सर्वसाधारणको उपस्थिति थियो । वैशाख शुक्ल पूर्णिमाका दिन देशभर भगवान गौतम बुद्धप्रति आस्था प्रकट गरी उत्सव मनाइएको छ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।