टन्टलापुर घाममा बृद्धभत्ताको लाइन

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडा–१२, भोर्लेका ७३ वर्षीय मानबहादुर विश्वकर्मा वडाबाट भत्ता लिन सजिलो भएको बताउ“छन् । बैंकमा सास्ती भएको भन्दै त्यहा“ पुगेकास“ग उनले गुनासो पोखे ।

हेटौंडा–१४ का हरिप्रसाद पौडेल बैंकले दुःख दिएको भन्दै रुष्ट छन् । उनले झर्किदै भने–यहा“सम्म आएको भाडा कसले दिन्छ ? हामी यसरी बिजोग भएर बस्दा कसले जिम्मा लिन्छ ? त्यत्तिकै दुःख दिन त पाइन्न नि ।
हेटौंडा–१४ की ७८ वर्षीया सुकुमाया स्यांतानले यो उमेरमा सरकारले दुःख दिएको सुनाउ“छिन् । उनले वडाबाटै आफूलाई सजिलो भएको बताइन् । केही दिनअघि वृद्धभत्ता लिएर फर्केका हेटौंडा–१२, घरेडी डा“डाका ९३ वर्षीय मानवीर घलानले आफूलाई बैकमा धेरै दुःख भएको बताए ।

बाहिर बसिरहेका ‘वृद्धवृद्धाले गेट खोलिदिनुस्, हामी भित्र शितलमा बस्छौं’ भन्दा ‘भित्रको आदेश छैन, एकछिन बाहिरै बस्नुस्’ भन्छन् सेक्युरिटी गार्ड । गाउ“बाट भत्ता रकम लिनुपर्ने भन्ने कुरा आएकाले उनीहरु सबै एकै दिन आए पनि जुनसुकै वडाको जुनसुकै दिन आउ“दा समस्या देखिएको छ ।

हेटौंडाको नेपाल बैंकमा यस्तो भिड देखिन्थ्यो । हेटौंडा–१२ का दर्जनौं व्यक्ति सामाजिक सुरक्षाभत्ताका लागि आएका थिए । त्यसबेला बैंकले ‘चेक बनेको छैन’ भन्दै दिउ“सो १ बजेसम्म उनीहरुलाई कुराएको थियो ।

देश यतिखेर निर्वाचनको माहोलमा छ । विभिन्न पार्टीका उम्मेदवारहरु आफ्ना विभिन्न एजेण्डाहरुसहित घरदैलोको अन्तिम चरणमा छन् । प्रायः दलका उम्मेदवारहरुको एजेण्डामा सामाजिक सुरक्षाभत्ता र उनीहरुलाई सहयोग गर्ने योजनाहरु पनि समेटिएका छन् ।

तर, यतिखेर हेटौंडाका बैंकमा लाम लागेका दर्जनौ शारीरिक अशक्त, एकल महिला र वृद्धवृद्धाहरुप्रति कसैको नजर गएन ।

बैंक प्रमुख खड्गसिंह मुक्तान भने अन्य वडाका ज्येष्ठ नागरिक र उनका परिवार आउ“दा भीड बढेको र मंगलबार त्यसै फर्कनुपरेको बताए । बुधबार बिदाको दिन भए पनि बैंकले सहजरुपमा भत्ता वितरण गरेको उनले दाबी गरे ।
बैंकको गेटबाहिर सडकमा घाममा तात्तिएर बसेका वृद्धवृद्धा ८ हजार पाउने आशमा बैंकको ढोकातिर हेर्छन् । तर, उनीहरको नाजुक अवस्था देख्नेले मनमनै दया देखाउनबाहेक केही गर्न सकेनन् ।

हेटौंडाको नेपाल बैंक लिमिटेडमा यस्तै कारुणिक दृश्य देखिन्छन् । सडकमा लडिरहेका बुढाबुढी बैंकले सास्ती दियो वा सरकारको वृद्धभत्ता दिने प्रक्रियाले सास्ती दियो भन्ने कुरामा अनभिज्ञ छन् ।

नेपाल बैंकको गेटबाहिर दर्जनौं बुबाआमा चर्को घाममा लाइन लागे । केही बैंकको प्रांगणभित्र त केही गेटबाहिर सडकमा । किन बाहिर राखेको भन्ने प्रश्नमा सेक्युरिटी गार्डले भित्र नै मान्छे बढी भयो भन्ने जवाफ दिएको पीडितले बताए ।
केही महिना अघिसम्म वडाबाटै सामाजिक सुरक्षाभत्ता दिइएको भए पनि हाल सरकारले हरेक भत्तालाई बैंकमार्फत् खाताबाट बितरण गरिरहेका छ । बैंकमा रकम जम्मा भएपछि पहिलोपटक रकम बितरण गरेस“गै चेक बुक बितरण गरे पनि त्यो चेक साट्न वृद्धवृद्धा आउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।