गायक केसीको ‘रेसुङ्गाको भिरमा टुनी छ’ बजारमा

0
Shares

अनिल खत्री, गुल्मी । गितकार सन्तोष केसीको नयाँ लोक गित सार्वजनिक भएको छ । गुल्मी जिल्लाको ऐतिहासिक धार्मिक स्थालको नाम संग जोडेर ‘रेसुङ्गाको भिरमा टुनी छ’ नयाँ गित सार्वजनिक गरेका छन् । मायाँ प्रेमको कथा बस्तुमा तयार लोकगितमा जिवनमा घटेका घटनालाई कथाबस्तुमा उतारिएको छ ।

गायक केसीले आफनो गृह जिल्लामा रहेको जिल्लाकै ऐतिहासिक धार्मिक स्थललाई थप प्रचारमा पनि ल्याउने मुख्य उदेश्यले उक्त गित बजारमा ल्याएको बताएका छन् ।

केहि वर्ष पहिले धार्मिक स्थाल रेसुङ्गाको नाम जोडेर गायक केसिको गित निकै चर्चा कमाएको थियो । लोक तथा दोहोरी बिधा सगै आधुनिक बिधा, भजन कृतनका गितहरु बजारमा ल्याएर चर्चामा रहेका केसिका गित धेरै कर्णप्रिय रहेका छन् । बजारमा कमै गित ल्याउने तर निकै मार्मिक तथा दर्सक श्रोता माझ सर्बप्रिय गितहरु ल्याउने गरेका छन् । मायाँ प्रेममा घटेका घटनाहरुलाई चित्रण गर्दै उनले उक्त गित ल्याएको बताए ।

प्रेम सम्बन्ध गहिरिएपछी उनकै हुन नपाउदा भाग्यलाई दिएको दोषलाई गितमा मुख्य कथा रहेको गितकार एबं गायक केसीले बताए । गित सार्वजनिक भएको झण्डै २४ घण्टा नबित्दै धेरै दर्सक श्रोताबाट गितप्रतिको मायाँ सहितको प्रतिक्रिया पाएको उनले बताए ।

हालै बजारमा आएको ‘रेसुङ्गाको भिरमा टुनी छ’ एल्बम गित पनि धेरै दर्सक श्रोताले मन पराउने गायक केसीले बताए । गायक सन्तोष र मुनाको सुमधुर स्वर रहेको गितमा गायक केसीकै आफनै लय शब्द रहेको छ । एस एस डिजिटल प्रालिले बजारमा ल्याएको उक्त गितमा अञ्जु निरौला र रमेश केसीको अभिनय रहेको छ ।

गायक केसीका धेरै गितहरु रेकर्ड भएका छन् भने बिस्तारै बजारमा आउने तयारीमा रहेको बताए ।