रिकेन र सरिसा फेसन आइकन


नेपाल फेसन आइकन २०१७ को उपाधि रिकेन वज्राचार्य र सरिसा श्रेष्ठले चुमेका छन्। विजेता रिकेनले वेस्ट र्याम्प वाकको टाइटल उपाधिसमेत जित्दा सरिसाले वेस्ट र्याम्प वाक र क्रियटिभ ड्रेसको उपाधिलाई आप्नो बनाइन्।

राजधानीमा हालै सम्पन्न प्रतियोगीतामा पुरुषतर्फ रुपक लिम्बू फस्ट र मनिष थापा सेकेन्ड रनर्सअप भए भने महिलातर्फ कृति घिमिरे फस्ट र पूजा पराजुली सेकेन्ड रनर्सअप चुनिए। प्रतियोगितामा सलिना तामाङ र मनिष थापा मल्टिमिडिया, दावा दोर्ज लामा र कृति घिमिरे फोटो जेनिक, सुजन लामा क्रियटिभ ड्रेस, सुजन लामा फेसन स्टाइलिस, पूजा पराजुली भिवर्स च्वाइस भए। प्रतियोगितामा प्याब्सन उपाध्यक्ष दीपिका रिमाल, मिस्टर टिन नेपाल विजेता जीवन खड्क, फेसन डिजाइनर अर्चना थापा बस्नेत, निर्माता सुनिल रावल, मोडल दिक्पाल कार्की, निराजन थापालगायत निर्णायक रहेका थिए।

अन्तराष्ट्रिय मोडलिङका विभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन्।

उत्कृष्ट गीतसंगीत र नृत्यलगायतको बेजोड प्रस्तुतिका साथ सम्पन्न प्रतियोगीतामा प्रतियोगीले विभिन्न सिक्वेलमा आकर्षक पहिरनसमेत स्टेजमा प्रस्तुत गरेका थिए।