मुन्द्रे म्युजिक भिडियो


म्युजिक भिडियोप्रतिको क्रेज बढ्दो छ। लोकप्रिय कलाकारलाई लिएर म्युजिक भिडियो निर्माण गर्नेहरु पनि त्यत्तिकै छन्। यसै सिलसिलामा हास्य अभिनेता जितु नेपाल ‘मुन्द्रेु पनि पहिलोपटक म्युजिक भिडियोमा देखिएका छन्।

जितु पहिलोपटक पिरतीको चश्मा बोलको गीतको म्युजिक भिडियोमा मोडलका रूपमा प्रस्तुत भएका छन्। युवा हास्य व्यंग्यकार तथा क्यारिकेचरिस्ट राजा राजेन्द्र पोखरेलको गीतको म्युजिक भिडियोमा मुन्द्रे मोडल बनेका हुन्।

जितुले राजा राजेन्द्र पोख्रेल आफूलाई मन पर्ने हास्यकलाकार भएका कारण उनको गीतमा मोडलका रूपमा अभिनय गरेको बताए।

यसअघि थुप्रै गीतमा अभिनय गर्ने प्रस्तावलाई अस्वीकार गर्दै आएका जितुले राजा राजेन्द्रको प्रस्तावलाई भने अस्वीकार गर्न नसकेको बताए। राजा राजेन्द्रको रोमान्टिक गीत उत्कृष्ट लागेकाले म्युजिक भिडियो आफू पनि देखिएको उनले प्रष्ट पारे।
फिल्म र कहिलेकाहीँ कार्यक्रमहरुमा कहिले काहीँ नाचे पनि गीतको तालमा नाच्न निकै कठिन भएको जितुले खुलाए। उनले नाच्नभन्दा हँसाउन सजिलो भएको भन्दै आफूलाई कहिल्यै पनि नाचेर खान्छुजस्तो नलागेको खुलाएको पनि खुलाए। ‘शुरुदेखि नै नृत्यमा रुची राखेर सिकेको भए त सकिन्थ्यो होला।

तर अहिले भने नाच्न गाह्रै लाग्ने रहेछ।’ जितुले भने– ‘कलाकारितामा मेरो प्रवेश हाँस्य कार्यक्रमबाटै भयो। शुरुदेखि नै प्रहसन गर्ने र सिरियलहरुमा कमेडी रोलहरु गर्नतिर नै लागेँ। त्यसैले नृत्यमा खासै ध्यान गएन। त्यसो त बागबजारमा रहेको नेपाल आर्टस डान्स सेन्टरमा आफूले नाचेको पनि उनले सम्झिए। ‘म नृत्यको पारखी हो मलाई एकदमै नृत्य गर्न मन लाग्छ तर स्टेपहरु मरिकाटे मिल्दैन। के गर्ने?, –जितु भन्छन्।
म्युजिक भिडियोमा जित सेलिब्रेटीकै रूपमा देखिएका छन्। म्युजिक भिडियोमा उनका साथमा प्रथम खड्का, समारिका ढकाल, स्मारिका ढकाललगायतले अभिनय गरेका छन्।
राजा राजेन्द्रको यो गीतमा राजुबाबु श्रेष्ठको शब्द छ भने राजनराज शिवाकोटीले संगीत भरेका छन्। गीतको म्युजिक भिडियोको निर्देशन माइकल चन्दले गरेका छन्।