चेल्सी उपाधिबाट एक जित टाढा

लन्डन, (एजेन्सी)
सोमबार राति भएको खेलमा विजयी बनेपछि चेल्सी इंग्लिस प्रिमियर लिग च्याम्पियन बन्न मात्र एक जित टाढा रहेको छ।

मिडिल्सब्रोलाई ३–० गोल अन्तरले हराएपछि आगामी जित चेल्सीलाई जारी सिजनको प्रिमियर लिग जित्न निर्णायक बन्नेछ।

लिगको तीन खेल बाँकी छँदा चेल्सीको ३५ खेलबाट ८४ अंक भएको छ। दोस्रो स्थानको टोटन≈यामको ७७ अंक छ। सात अंकको दूरी बनाएको चेल्सीलाई उपाधि जित्न आगामी एक जित नै पर्याप्त हुनेछ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले २३औं मिनेटमा डिएगो कोस्टाको गोलमार्फत शुरूआती अग्रता लिएको थियो। खेलको ३४औं मिनेटमा मार्कोस एलोन्सोले गोल गरेपछि पहिलो हाफसम्म घरेलु टोली २–० ले अघि रहेको थियो। यस्तै नेमान्जा माटिचले खेलको ६५औं मिनेटमा गोल गर्दै चेल्सीको जित सुनिश्चित पारे।

उक्त हारसँगै ३६ खेलबाट २८ अंक जोडेको मिडिल्सब्रो भने अर्को सिजन तल्लो डिभिजनमा घटुवा हुने पनि पक्का भएको छ।
यसअघि सन्डरल्यान्ड रेलिगेसनका सिकार बनिसकेको छ।