कट्रिनालँई फ्यानले घरसम्मै पछ्याएपछि …

0
Shares

हिजोआज बलिउड कलाकार आफ्ना फ्यानहरूको व्यवहारबाट दिक्क भएका छन्। केही दिनअघि मात्र आलिया भट्टको फ्यानसँग झगडा परेको थियो। जसका कारण उनको एक फ्यान रुनुपरेको थियो।

हालै कट्रिना कैफको एक फ्यानको पनि त्यही हालत भएको छ। एक भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार कट्रिनाको एक फ्यानलाई उनको ड्राइभरले थप्पड हानेका छन्। समाचारमा जनाइएअनुसार कट्रिना आफ्नो डाक्टरलाई भेट्न मुम्बई पुगेकी थिइन्। त्यहाँबाट फर्किने बेला उनको एक फ्यानले उनीसँग सेल्फी लिन अनुरोध गरे।

फ्यान यति क्रेजी थिए कि उनलाई घरसम्म नै पिछा गरे। जब गाडी उनको घरभित्र जान लाग्यो, त्यो बेलासम्म पनि उनको फ्यान त्यही उभिइरहे र उनको साथ सेल्फी खिच्नेका लागि जिद्दी गरिरहे। उनी त्यहीं उभिएर जोरजोरसँग कराउन थाले। तब कट्रिनाको ड्राइभर आए र उनलाई एक थप्पड लाएर त्यहाँबाट फर्किन भने। ड्राइभरको यस्तो व्यवहारले उक्त फ्यान रुँदै त्यहाँबाट फर्किएको समाचारमा उल्लेख गरिएको छ। कट्रिना आफ्नो फ्यानहरूसँग निकै नजिक रहने गर्थिन्। तर हुन सक्छ यसपटक उनी फ्यानसँग सेल्फी खिचाउने मुडमा थिइनन्।