सायद २ को प्रिमियर जापानमा

0
Shares

आगामी असार ३० गते अल नेपाल रिलिज हुने फिल्म सायद २ त्यसअघि जापानमा प्रदर्शन हुने भएको छ। निर्माता तथा अभिनेता सुनील रावलका अनुसार आगामी वैशाख ३१ गते यो फिल्म जापानको राजधानी टोकियोमा गइन्ड प्रिमियर शो गरिनेछ। यसका लागि निर्माता रावल, प्रस्तुतकर्ता दुर्गिश थापा र नायक सुशील श्रेष्ठका साथमा सञ्चारकर्मी तथा अभिनेता श्याम अर्याल र सचित खड्का सोमबार त्यसतर्फ लागेका छन्।

निर्माता रावलका अनुसार जापानको ग्रइन्ड शोबाट संकलितमध्ये केही रकम जापानमा नै रहेका सुदूरपश्चिमका जेहेनदार विद्यार्थीको छात्रवृत्तिका लागि सहयोग प्रदान गरिनेछ। सायदको सफलतापछि सिक्वेलका रूपमा निर्माण गरिएको सायद २ ले युवा पुस्ताको ताजा कथा प्रस्तुत गर्ने दाबी गरिएको छ। सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, सुनील रावल, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, रुविना श्रेष्ठ, निशा कार्की, बुद्धिलाल मगरलगायतले मुख्य भूमिकामा अभिनय गरेको फिल्ममा सुनील रावलको कथा, गोविन्द राई र विक्रम स्वाँरको नृत्य निर्देशन, अष्ट महर्जनको द्वन्द्व र राजुविक्रम थापाको छायांकन रहेको छ। फिल्ममा लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेको रहेको छ।