इब्राहिमोभिच दोस्रो धनी खेलाडी

0
Shares

लन्डन, (एजेन्सी)
म्यानचेस्टर युनाइटेडका जाटन इब्राहिमोभिचले यूकेका सबैभन्दा धनी खेलाडीको सूचीमा दोस्रो स्थान ओगटेका छन्।

गत जुलाईमा म्यानचेस्टरको क्लबमा आएका स्विडिस स्ट्राइकरले ११ करोड पाउन्ड आम्दानी गरे भने उनका क्लब साथी वायने रूनी तेस्रो स्थानमा चिप्लिए। ब्रिटेनका सबैभन्दा धनी फुटबलर रूनीले ९ करोड ३० लाख पाउन्ड कमाएका छन्।

गत वर्ष २०१६ मा यूकेका सबैभन्दा धनी बनेका लेविस हेमिल्टन यसपटक पनि पहिलो स्थानमा छन्। फरमुला वान वल्र्ड च्याम्पियन हेमिल्टनको कमाइ १३ करोड १० लाख पाउन्ड छ।

द सन्डे टाइम्सले जारी गरेको सूचीअनुसार उनका साथी ड्राइभर जेन्सन बटन चौथो स्थानमा रहे।