सलमान र सोमीको सम्बन्धमा ऐश्वर्या बाधक !

0
Shares

बलिउड नायक सलमान खानको जिन्दगीमा धेरै युवतीहरू आए। तर, तीमध्ये संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, कट्रिना कैफ, लुलिया वन्तुरसँग भने उनको नजिकपन निकै खास रह्यो।

नायिका सोमी अलीलाई सलमान खान निकै मन पराउँथे। उनै सोमीसँग भारतीय एक मिडियाले लिएको अन्तरवार्ता भाइरल भइरहेको छ। जुन अन्तरवार्तामा उनले आफू र सलमान खानको ब्रेकअप हुनुमा अर्की नायिका ऐश्वर्या राय बच्चनलाई दोषी ठहराएकी छिन्।

फ्लोरिडामा बस्ने सोमी सलमान खानप्रति निकै फिदा थिइन्। उनी आफ्नी आमासँग सलमान खानलाई भेट्ने कुरामा जिद्दी गर्थिन्। उनको आमाले उनलाई मुम्बईमा बस्ने व्यवस्था मिलाइदिइन्। उनी मुम्बई बस्न थालेपछि उनले विस्तारै विस्तारै केही फिल्ममा काम गर्ने मौका पाइन्। जसका कारण उनी सलमानसँग नजिक भइन्। सोमीको सलमानको घरमा आउने–जानेसमेत भइसकेको थियो। यसबीच सलमानले पनि उनलाई मन पराउन थालेका थिए।

सलमान सोमीलाई असल साथी मान्थे। ‘मलाई केही अप्ठेरो पर्दा सलमानलाई भन्थें। उनी हरबखत मलाई सहयोग गर्न तयार हुन्थे। सलमानको दिल निकै ठूलो छ’ –सोमीले अन्तरवार्तामा भनेकी छिन्।

सोमी र सलमानको सम्बन्धक बारेमा चर्चा हुन लागेको थियो। यसैबीच सलमानले ऐश्वर्याका साथ हम दिल दे चुके सनममा साइन गरे। सलमान र ऐश्वर्या एक–अर्काको नजिक हुन पुगे। जुन कुराले सोमीलाई निकै चोट पुग्यो। सलमानको खरब बानीका कारण सोमी विस्तारै उनीबाट टाढा हुन पुगिन्। अन्तमा ऐश्वर्या पनि सलमानको बनिनन्।