साउनमा डाक्टर खाते

0
Shares

डाक्टर खातेका नाममा बनेको फिल्म आगामी साउनमा रिलिज हुने भएको छ। आधा दर्जन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भएको यो फिल्म विभिन्न बाह्य मुलुकपछि नेपालमा प्रदर्शन हुन लागेको हो।

फिल्म आगामी साउन ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। अभिनेतृ रोशनी केसीद्वारा निर्मित फिल्ममा उनका साथमा शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, विजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपालीलगायतले अभिनय गरेका छन्।

सडकका बालबालिकालाई पनि उचित संरक्षण र शिक्षा दिन सक्यो भने उनीहरू भविष्यमा डक्टरलगायत विभिन्न सफल पेसामा आउन सक्छन् भन्ने सन्देश फिल्मले दिने रोशनीले दाबी गरिन्। जगदीश्वर थापाद्वारा लिखित फिल्म रविराज अर्यालले निर्देशन गरेका हुन्। फिल्म दिव्यराज सुवेदीको छायांकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्लेको सम्पादन र डब्बु क्षत्रीको कास्टिङ रहेको छ। आरआर ड्रिमवर्ड इन्टरट्रेनमेन्टद्वारा निर्मित यो चलचित्रको छायांकन पोखराको धिताल गाउँ र काठमाडौंमा गरिएको छ।