शीतलको पापी माया भिडियोमा

0
Shares

गायिका शीतल पुनले लामो समयको अन्तरालपछि पापी मायाले बोलको गीत सार्वजनिक गरेकी छिन्। यो गीतमा चर्चित गीत काले दाइको संगीतकार तथा अभिनेता कोशिष क्षत्रीको संगीत रहेको छ भने सरोजकुमार शाहको शब्द तथा महाराज थापाको संगीत छ।

यो गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा नायिका केकी अधिकारी र मोडल निराजन प्रधानको जोडीलाई देख्न सकिन्छ। रोमान्टिक गीतको कलरफुल दृश्यमा केकी र निराजनको जोडी पनि उत्कृष्ट छ। म्युजिक भिडियोलाई हरि हुमागार्इंको छायांकन र अर्जुन अधिकारीको सम्पादन छ।