चेल्सीलाई राहत दिलाउने नतिजा

0
Shares

लन्डन, (एजेन्सी)
चेल्सीलाई यस सिजनको प्रिमियर लिग उपाधिबाट वञ्चित गराउन दबाब गरिरहेको टोटनह्यामले ३५औं खेलमा हार बेहोरेपछि नीलो जर्सीलाई राहत महसुस गराएको छ।

शुक्रबार राति भएको खेलमा टोटनहाम (स्पर्स) ले लन्डन प्रतिद्वन्द्वी वेस्ट ह्यामसँग १–० को हार बेहोरेको थियो। सो जितमा एक मात्र गोल गरे म्यानुले लान्जीनीले ६५औं मिनेट गोल गरेका थिए। स्पर्सले लन्डन रंगशालामा जित हात पारेर चेल्सीसँग अंक दूरी घटाउने ठूलो मौका गुमायो। चेल्सी ३४ खेलबाट ८१ अंक छ भने स्पर्सको ३५ खेलबाट ७७ रन रहेको छ। यो नतिजाले स्पर्सले उपाधि जित्न चेल्सीकै खेलको नतिजामाथि भर पर्ने बाध्यता भयो भने वेस्ट हामले चेल्सीका लागि उपाधि जित्न सहज बनाइदिएको छ।

चेल्सीले सोमबार मिडल्सब्रागसँग घरेलु मैदानमा र मे १२ मा वेस्ट ब्रोममा खेल्नेछ। यदि यी दुई खेल जितेमा आगामी शुक्रबार चेल्सीले प्रिमियर लिग च्याम्पियन बन्नेछ। यदि उल्टो नतिजा आएमा टोटनहामले मे १४ र १८ तारिखमा हुने खेलहरू क्रमशः म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीलाई हराउनुपर्ने हुन्छ यदि उपाधि जित्ने हो भने। जोजे माउरिनोको टोली म्यानचेस्टर युनाइटेडको हालको प्रदर्शनलाई हेर्दा भने टोटनहामले स्पष्ट तीन अंक लिन कठिन नै हुनेछ।
सिटी तेस्रो स्थानमा
म्यानचेस्टर सिटीले शनिबार भएको खेलमा क्रिस्टल पेलेसलाई ५–० गोलअन्तरले हराएर प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो। लिभरपुलसरह ३५ खेलबाट ६९ अंक बनाएको सिटीले गोलभिन्नतामा तेस्रो स्थानमा उक्लिन सफल भएको हो। डेविड सिल्भाले खेलको शुरुआतको दुई मिनेटमै जाली चुमाएर यस सिजनको सिटीबाट सबैभन्दा छिटो गोल गरेका थिए। तर पहिलो हाफमा यही एक मात्र गोलको अग्रता बनेको थियो।

हल सिटी संकटमा
हल सिटीले मार्को सिल्भाको नेतृत्वमा पहिलो पटक घरेलु मैदानमा हार बेहोर्दा रेलिगेसनको चपेटामा पर्ने संकट उब्जिएको छ। सन्डरल्यान्डले हल सिटीलाई २–० गोलअन्तरले हराएको हो। रेलिगेसनमा पर्ने पहिलो टोली बनेको सन्डरल्यान्डले हलसँग तीन अंक छिनेको थियो। सन्डरल्यान्डको जितमा बीली जोन्स र जेर्मेन डीफोले गोल गरेका थिए।