सेब अवार्डबाट राई सम्मानित

0
Shares

काठमाडौं, (नेस)
न्यु डायमण्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राईलाई सामाखुसी बोर्डिङ स्कुल (सेब) ले शनिबार सम्मान गरेको छ। सेबले आफ्नो १९औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपलसमेत रहेका राईलाई खेलकुद विकास र अनुशासनका पर्याय एवम् महिला भलिबल खेल जगत्का उत्प्रेरक प्रशिक्षकको संज्ञा दिँदै ‘खेलकुद विकास सेवा अवार्ड’बाट सम्मान गरिएको छ।

विद्यार्थीहरूको कलिला हात तथा शारीरिक बनोटलाई तिर्खादै महिला भलिबलमा विद्यालयस्तरमा एकतर्फ नतिजा निकाल्नुका साथै राष्ट्रियस्तरमा पनि अकल्पनीय खेल प्रदर्शन गर्दै उत्कृष्ट नतिजा निकाल्न सफल कुशल प्रशिक्षकको रुपमा सम्मान गर्न पाउँदा हाम्रो संस्था गौरवान्वित भएको सम्मान पत्रमा उल्लेख छ।