आङ दोर्जीलाई काल्र्सबर्ग उपाधि

0
Shares

काठमाडौं, (नेस)
आङ दोर्जी शेर्पाले काल्र्सबर्ग गल्फ सिरिजको पहिलो संस्करणअन्तर्गत नेट विधाको उपाधि जितेका छन्।

शेर्पाले शनिबार गोकर्ण गल्फ क्लबमा ११ हेन्डीक्यापसँगैं ३८ स्टेबलफोर्ड स्कोर गरी उपाधि जितेका हुन्। उनले फ्रन्ट नाइनमा १७ र ब्याक नाइनमा २१ स्कोर गरेका थिए। उनले टेलरमेड आइरन सेट, दुई काल्र्सबर्ग बियरको केस र क्रोनेनबर्ग १६६४ बियरको एक केस हात पारेका छन्।

यस्तै विजयबहादुर श्रेष्ठ सो विधामा उपविजेता बने। श्रेष्ठ र सुरेन्द्र फुयालबीच समान ३७ स्कोर भएको थियो। ब्याक काउन्टअनुसार श्रेष्ठले ब्याक नाइनमा २० स्कोर गर्दा फुयालको १८ अंक थियो। विजयले गिफ्ट ह्याम्पर, काल्सबर्ग र क्रोनेनबर्ग १६६४ बियरको एक केस पनि हासिल गरे।

त्यस्तै वाङचेन धोन्डुपले ग्रस विधामा ३७ ग्रस स्कोरसहित विजेता बने। उनले टेलरमेड ड्राइभर, काल्र्सबर्गको दुई केस र क्रोनेनबर्ग १६६४ को एक केस प्राप्त गरेका थिए। उलने पहिलो हाफमा २२ अंक र दोस्रोमा १५ स्कोर गरेका थिए। टासी छिरिङ दोस्रो भएका थिए।

महिला विधामा रेखा घिमिरे ३२ स्कोरसहित पहिलो हुँदा उजीन शिम दोस्रो भएकी थिइन्। केएनएस थापाले सिनियरतर्फ विजेता बन्दा महेशविक्रम कार्की दोस्रो भएका थिए। त्यस्तै हेमकुमार तामाङले क्लोजेस्ट टु द पिनको अवार्ड जित्दा प्रकाश गुरुङले लङगेस्ट ड्राइभ तथा पृथिवी मल्लले सर्वाधिक बर्डीको अवार्ड हात पारेका थिए।

यससँगै काल्र्सबर्ग गल्फ सिरिजको आगामी दुई संस्करण अगस्ट र अक्टेबरमा हुनेछन्। नेटका शीर्ष १० र ग्रसका शीर्ष पाँच खेलाडीलाई अंक दिइनेछ। ८८ खेलाडीले सहभागिता जनाएको प्रतियोगिताका विजेतालाई गोर्खा ब्रेवरीका बजार निर्देशक वैभव शर्मालगायतले पुरस्कार बाँडेका थिए।