नेपाललाई इन्डो नेपाल कराते उपाधि

0
Shares

काठमाडौं, (नेस)
नेपाल पाँचौं इन्डो नेपाल खुला कराते च्याम्पियनसिपको टिम च्याम्पियन बनेको छ। प्रतियोगितामा नेपालका स्वस्तिका महर्जन र सोहेन्द्र पुन मगर उत्कृष्ट खेलाडी घोषित भए। नेपाल गोजुकाई कराते डो संघको आयोजना तथा चिल्ड्रेन मोडल स्कुलको सहयोगमा भएको च्याम्पियनसिपमा विशोमाराज राईले २० केजीमा स्वर्ण हात पारे। २५ केजी तौल समूहमा दिवस जंग थापा, ३० केजीमा नेपालका सोहेन्द्र पुन मगर, ३५ केजीमा भारतका निरज प्रदीप खोदाम, ४० केजीमा नेपालका वसन्त थापा मगर, ४५ केजीमा भारतका सुसम सन्तोष भुर्तेल, ५० केजीमा नेपालका टीकाराम गुरुङ, ५५ केजीमा प्रवीण दनुवार, ६० केजीमा नेपालका मिङमा छिरी शेर्पा, ६५ केजीमा नेपालका प्रशान्त गुरुङले स्वर्ण जिते। पुरुषकै खुलातर्फ नेपालका जितबहादुर पुलामीले सुनिल तामाङलाई पाखा लगाउँदै स्वर्ण हात पारे। कातातर्फ नेपालका टीकाराम गुरुङले भारतका आर्यन सन्तोष दाउदलाई पराजित गर्दै स्वर्ण हात पारे।

महिलातर्फको प्रतिस्पर्धामा २५ केजी तौलमा नेपालकी स्वस्तिका महर्जन, ३० केजीमा भारतकी भारतकी गोभर्सी, ३५ केजीमा नेपालकी अपेक्षा मगर, ४० केजीमा नेपाली प्रिती वाइबा, ४५ केजीमा नेपालकी संगीता तामाङ, ५० केजीमा नेपालकी सीमा घर्तीले स्वर्ण हात पारेका थिए। यस्तै महिला खुलामा नेपालकी दीपिका कार्की पहिलो भइन्। कातातर्फ नेपालकी बालकुमारी थानीले स्वर्ण प्राप्त गरिन्।